विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी को ?

विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी को ?


रसियामा सञ्चालन भइरहेको विश्वकप फुटबलको क्वार्टरफाइनल सम्पन्न भई सेमिफाइनल शुरु सकेको छ । अहिलेसम्म उक्त प्रतियोगितामा बेल्जियमले १३ गोल गरेर अग्रपङ्क्तिमा छ भने समान ११ गोल गरेका इंग्ल्यान्ड र आयोजक राष्ट्र रसिया दोस्रो स्थानमा छन् । त्यस्तै क्रोएसियाले ९ गोल, फ्रान्सले ८, ब्राजिलले ८, उरुग्वेले ६, स्पेनले ६, कोलम्बियाले ६ र स्वीडेनले ५ गोल गर्न सफल भएका छन् ।

यो विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा इंग्ल्यान्डका हेरी केनले पहिलो स्थान हासिल गरेका छन् । उनले विश्वकपमा खेलेका ५ खेलमा ६ गोल गरेका छन् । त्यस्तै फ्रान्सका एन्टोनी ग्रिजमेनले ५ र फ्रान्सकै किलियन एम्बाप्पेले ५ गोल गरेका छन् । यसैगरी बेल्जियमका रोमेलु लुकालुले ४ गोल, पोर्चुगलका क्रिस्टियानो ४ गोल, रसियाका डेनिस चेरिसेभले ४ गोल, रसियाका अर्टेम डिज्युबाले ४ गोल, स्पेनका डिएगो कोस्टाले ४ गोल, उरुग्वेका एन्डिसन कवानीले ४ गोल र कोलम्बियाका येरी मिनाले ३ गोल गरेका छन् ।