सुका, मोहोरदेखि रुपैयाँ हुुँदै डिजिटल बैकिङ प्रणालीसम्म आइपुगेको छु : संस्कृतिविद् जोशी

सुका, मोहोरदेखि रुपैयाँ हुुँदै डिजिटल बैकिङ प्रणालीसम्म आइपुगेको छु : संस्कृतिविद् जोशी


संस्कृतिविद् सत्यमोहन जोशीले सबै जनतालाई बैंंकिङ क्षेत्रमा जोड्नका लागि बैंक शाखा विस्तार गर्न आवश्यक रहेको जोड दिए । काठमाडौको कोटेश्वारमा मुक्तिनाथ विकास बैंकको ७९ औं शाखाको उद्धघाटन गर्दै उनले यस्तो बताएका हुुुन् ।

सुका र मोहोरको समयदेखि रुपैयाँ र डिजिटल बैकिङ प्रणालीमा आफू सशक्त रहेको बताउँदै देशको आर्थिक विकासका लागि सबै क्षेत्र निस्वार्थ, सशक्त र सबल बन्नुपर्ने उनको भनाई थियो । जनतासामु बैकिङ सेवा पु¥याउने उद्धेश्यका साथ बैंकले शाखा विस्तार गरेको हो ।

जनता बैंकमा होइन बैंक जनतामा जानुपर्छ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकास बैंकले काठमाडौको कोटेश्वारमा नयाँ शाखा विस्तार गरेको छ । सबै स्तरका जनतासामु बैकिङ सेवा पु¥याउने उद्धेश्यका साथ बैंकले शाखा विस्तार गरेको जनाएको हो । कार्यक्रममा बैंकका मुख्य कार्यकारी अधिकृत प्रध्युम्न पोखरेलले सबै जनतालाई बैकिङ प्रणलीमा जोड्न र सबैमा वित्तिय साक्षरता विकास हुनपर्नेमा जोड दिए ।