बेल्जियमलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकपको फाइनलमा

बेल्जियमलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकपको फाइनलमा


रुसमा जारी विश्वकप अन्तर्गत आज मंगलबार भएको पहिलो सेमिफाईनलमा फ्रान्सले बेल्जियमलाई १-० ले पराजित गर्दै फाइनलमा आफ्रनो स्थान बनाएको छ । फ्रान्सको तर्फबाट स्यामुअलले दोस्रो हाफको ५१औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएका थिए ।

चर्को प्रतिष्पर्धा गरे पनि फ्रान्सलाई जवाफी गोल फर्काउन नसकेको बेल्जियम विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।