खानीविद् सुवेदीको जीवन यात्रा सार्वजनिक

खानीविद् सुवेदीको जीवन यात्रा सार्वजनिक


खानीविद् अरुणकुमार सुवेदीद्वारा लिखित ‘जीवन यात्रा’ लोकार्पण भएको छ । वरिष्ठ पत्रकार एवम् घोष्टराइटिङका सम्पादक टंक पन्त, वरिष्ठ पत्रकार तीर्थ कोइराला, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवम् लेखक अरुणकुमार सुवेदीले संयुक्त रूपमा लोकार्पण गरेको जीवन यात्रामा राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक विकास, ऐतिहासिक जस्ता विषयलाई समेटिएको छ ।

खानीसम्बन्धी विषयलाई अनुसन्धानात्मक रूपमा समेटिएको पुस्तक जीवन यात्रा युवा विद्यार्थीका लागि मात्र नभई हरेक क्षेत्रका लागि रोचक, पठनीय एवम् सन्दर्भ सामग्रीका रूपमा रहेको छ ।

घोष्ट राइटिङद्वारा प्रकाशित जीवन यात्राको समीक्षा गर्दै सम्पादकहरू टंक पन्त, तीर्थ कोइराला, गुणराज लुइँटेल, भुगर्भविद् तारानिधि भट्टराइले नेपाली समाजमा रहेका विकृतिलाई औंल्याउँदै नेपालको आगामी बाटोको बारेमा उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा लेखक सुवेदीले आफूले देशका लागि पुस्तक प्रकाशन गरेको जानकारी गराएका थिए भने पुर्वाञ्चल विश्वविद्यालयका पुर्वउपकुलपति जगतबहादुर केसी, घोष्ट राइटिङका संयोजक राजाराम गौतम, रेनुका खरेल, प्रकाशप्रसाद उपाध्यायलगायतले मन्तव्य दिएका थिए ।