खेलाडीका परिवारलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मृतक दुई कर्मचारीका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

भारोत्तोलन प्रमुख प्रशिक्षक सुनिललाल जोशीको परिवारलाई रु दुई लाख ७४ हजार ९६६ तथा बक्सिङ प्रशिक्षक गोपाल राईका परिवारलाई रु दुई लाख ६५ हजार ८६४ हस्तान्तरण गरिएको छ । राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १.५ प्रतिशत कट्टा गरी सहयोग प्रदान गरिएको हो ।

वरिष्ठ अधिकृतद्वय कमल खनाल र वज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फणीन्द्र पौडेलले रकम हस्तान्तरण गरेका थिए । जोशीको यही असार ११ गते तथा राईको गत पुस ३ गते निधन भएको थियो ।

प्रतिक्रिया






1 Shares
Share1
Tweet
+1
Share