रोहित शर्माको शतक, भारतलाई शृङ्खला

रोहित शर्माको शतक, भारतलाई शृङ्खला


इंग्ल्यान्डविरुद्धको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतले विजय हासिल गर्दै शृङ्खलामाथि कब्जा जमाएको छ । तीन खोलको यस शृङ्खलामा भारतले २–१ ले विजय हासिल गरोको हो ।

पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । १९९ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रिएको भारतले १८.४ ओभरमा उक्त लक्ष्य प्राप्त गर्दै इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरोको थियो ।

भारतको जितमा रोहित शर्माले अविजित १०० रनको महत्वपूर्ण पारी खेलेका थिए । रोहितले ५६ बलमा १०० रनको विस्फोटक पारी खेलेका थिए । रोहितको टी–२० क्रिकेटमा यो तेस्रो सतक हो । यो शतकसँगै रोहितले टी–२० क्रिकेटमा व्यक्तिगत २ हजार रन पनि पूरा गरेका छन् ।