३६ अंकले बढ्यो नेप्से

३६ अंकले बढ्यो नेप्से


यो साताको शेयर कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से दोहोरो अंकले बढेको छ ।

शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २ सय २४.४१ बिन्दुमा पुगेको छ ।

आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कुल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको छ । आज कारोबार रकममा समेत वृद्धि भएको छ ।

स्टकका अनुसार बैंकिङ २६.७७, होटेल ५८.६, विकास बैंक ३७.२८, जलविद्युत् ५२.०२, वित्त ८.७८, बिमा ३२२.४३, अन्य ८.४८ र माइक्रोफाइनान्स ८५.९ बिन्दुले बढेको छ । आज व्यापार समूह सामान्य रह्यो भने उत्पादन समूह भने ३७.३४ बिन्दुले घटेको छ ।