अग्निदहन चलचित्रको समूह सम्मानित

2 Shares

यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत भएका छन् । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीले आइतबार पोखरामा संयुक्त रुपमा सम्मान गरेका छन् ।

चलचित्र पत्रकार संघका उपाध्यक्ष राजाराम पौडेल र पोखरा फिल्म सोसाइटीमा अध्यक्ष जीतेश प्रधानले संयुक्त रुपमा आयोजित एक समारोहका बीच चलचित्रका निर्देशक घनश्याम लामिछानेसहित कलाकारलाई सम्मान गरेका हुन् ।

सम्मानित हुने अन्य कलाकार प्रमिला तुलाचन, तुलसा जिसी, निर्मल लामिछाने र ताराबहादुर गुरुङ छन् । सम्मान कार्यक्रममा पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधानले अग्निदहनले पाएको सफलताले पोखरामा क्रियाशील कलाकर्मीको हौसला बढाएको बताए ।

चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडलले पोखराबाट निर्माण भएको सामाजिक चलचित्र अग्निदहन पुरस्कृत हुनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको उल्लेख गरे भने निर्देशक घनश्याम लामिछानेले आफूहरूले प्राप्त गरेको पुरस्कार आफूहरूले मात्र नभई सिंगो पोखराले पाएको बताउँदै पुरस्कारले हौसलासँगै जिम्मेवारी थपेको धारणा राखे।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालद्वारा निर्मित बोक्सी प्रथाको विषयमा बनेको उक्त चलचित्रको प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन् भने निर्माताद्वय भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल रहेका छन् ।

2 Shares

प्रतिक्रिया