आइतबार १४ अंकले घट्यो नेप्से

आइतबार १४ अंकले घट्यो नेप्से


लगातार ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज आइतबार पनि दोहोरो अंकले घट्यो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर ११८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा ओर्लेको छ ।

आज कुल १ सय ५८ कम्पनीको ६ लाख १९ हजार ७४१ कित्ता शेयर रु. १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद–बिक्री भएका छन् । आज सबै उपसमूहको शेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटेल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बिमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४ बिन्दुले घटेका छन् ।