बुद्ध एयरको काठमाडौं-वाराणसी-काठमाडौं उडान शुरु

बुद्ध एयरको काठमाडौं-वाराणसी-काठमाडौं उडान शुरु


बुद्ध एयरले काठमाडौं वाराणसी उडान शुरु गरेको छ । हिजो शुक्रबारदेखि उडान शुरु गरेको सो कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले हरेक सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने जानकारी दिएका छन् ।

काठमाडौँ– वाराणसी– काठमाडौँको उडान अवधि ५० मिनेटको हुने छ । बुद्ध एयरले अहिले दोहोरो भाडा दर काठमाडौँ–वाराणसी टिकट रु १४ हजार तोकेको छ ।

बुद्ध एयरले दुवै शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय बिदाका कार्यक्रम पनि सञ्चालनमा ल्याएको जनाएको छ । नेपालबाट वाराणसी यात्रामा गएका यात्रुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वागत गरेका बताइएको छ ।

बुद्ध एयरको यस उडानबाट भारतीय तीर्थालु तथा यात्रुका लागि विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणका लागि नेपाल आउने छन् । वाराणसीबाट भारतीय पर्यटक मुख्यगरी पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर आउने विश्वास गरिएको छ । युवावर्गलाई लक्ष्य गरी हिमालयज ट्रेल, ट्रेकिङ, जंगल सफारीजस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिएका छन् ।