तरकारीको गाडी पल्टिँदा विस्फोट, एकको मृत्यु, छ घाइते

तरकारीको गाडी पल्टिँदा विस्फोट, एकको मृत्यु, छ घाइते


काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा.२ख ३४१२ नम्बरको निशान मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदागराउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा गाडीचालकसहित ६ जना घाइते भएकामा सबैको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो । आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि उक्त स्थानबाट करिब ६–७ मिनेटको दूरीमा रहेको घटनास्थलमा एक घन्टा पछि मात्रै पुगेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए । दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।

रासस