तीन ठाउँमा पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध

तीन ठाउँमा पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध


नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण फेरि अवरुद्ध हुन पुगेको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि गएराति २ः३५ बजेबाट सडक अवरुद्ध भएको हो ।

लामो समयदेखि मर्मत तथा सुधारको क्रम चलिरेहको उक्त सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारीदिएको छ। बताइएअनुसार चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन देखिएको छ ।

उच्च जोखिममा रहेकामध्यको यो एक सडकखण्ड हो भने जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।