क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल पक्राउ

क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल पक्राउ


आइपिएलमा क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाललाई महाशाखाको टोलीले शनिबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

अग्रवालले काठमाडौं महानगरपालिका–७ सिफल बस्ने महोत्तरीका ३९ वर्षीय राकेश सिंहलगायतका व्यक्तिबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी उक्त रकम ठगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ अग्रवाललाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।