आठ विद्यार्थी संगठनले अघिसारे आन्दोलनको कडा कार्यक्रम

आठ विद्यार्थी संगठनले अघिसारे आन्दोलनको कडा कार्यक्रम


अखिल (क्रान्तिकारी)लगायतका आठ विद्यार्थी संगठनले शिक्षामा व्यापार गर्ने नेताहरू लगायतका मूख्य शैक्षिक सिण्डिकेटधारीहरूको सम्पत्ति छानविनको माग गरेको छ । नयाँ शक्ति विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी), राजपा विद्यार्थी संगठन, अनेरास्ववियु (पाँचौँ), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियु (क्रान्तिकारी) र राष्ट्रवादी विद्यार्थी संघका नेताहरूद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिका अनुसार पाठ्यक्रम निर्माणको बहसमा पुस्तकमा कमिशन खाने गरी आएका अवैज्ञानिक विषयवस्तु खारेजीको माग उनीहरूले उठाएका छन् ।

यस्तै, संयुक्त विद्यार्थी संगठनहरूले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् । यही असार ११ देखि १६ सम्म प्रचारप्रसार, अपिल वितरण, प्रधानमन्त्रीलगायत मन्त्री र पार्टी नेतासँग छलफल, भेटाघाट र ज्ञापनपत्र बुझाउने उनीहरूको कार्यक्रम छ । यस्तै, असार १७ गते प्रदर्शनी मार्गमा सडक कक्षा सञ्चालन, १८ गते काठमाडौंको माइतीघर मण्डला र देशका सम्पूर्ण जिल्लाका सदरमुकाममा आँखामा पट्टी बाँधी सिट्टी जुलुस, असार १९ गते मशाल जुलुस र असार २०, २१ र २२ गते शैक्षिक आमहडताल गर्ने कार्यक्रम तय गरिएको आठ विद्यार्थी संगठनले जनाएका छन् ।

ज्ञातव्य छ, निजी स्कुल तथा कलेजमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारलाई दबाब दिँदै आएको छ ।