सभापति देउवा सौराहामा आराम गर्दै

सभापति देउवा सौराहामा आराम गर्दै


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको हेटौँडामा सम्पन्न भेलापछि देउवा शुक्रबारदेखि सौराहास्थित होटेल सेभेन स्टारमा आराम गरिरहेका छन् । देउवाका निजी सचिव भानु देउवाका अनुसार उनले स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि भेटघाट गरेका छैनन् ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएपछि तनावमा रहेको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्नकै लागि एक्लै आराममा रहेको बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहेका हुन् ।

उनी शनिबार काठमाडौं फर्किने बताइए पनि अझै सौराहामै छन् ।

रासस