पेनाल्टीको दुर्भाग्य ब्यहोर्दै विश्कपबाट बाहिरियो द. कोरिया

पेनाल्टीको दुर्भाग्य ब्यहोर्दै विश्कपबाट बाहिरियो द. कोरिया


विश्वकपको ग्रुप ‘एफ’अन्तर्गत दक्षिण कोरिया र मेक्सिकोबीच भएको दोश्रो खेलमा मेक्सिको २–१ ले विजय भएको छ । लगातार दुई खेलमा विजय हासिल गरेपछि मेक्सिको अन्तिम १६ मा पुग्न सफल भएको छ । लिग चरणको पहिलो खेलमा मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गर्दै सनसनी फैलाएको थियो ।

मेक्सिकोले पहिलो गोल पेनाल्टीको सदुपयोग गर्दै अग्रता लिएको थियो । उक्त पेनाल्टीलाई कार्लोस वेलाले गोलमा परिणत गरेका थिए । पहिलो हापमा एक गोलले पछिपरेको दक्षिण कोरियाले गोल फर्काउने प्रयास गरेपनि असफल भएको थियो । कोरियाका विश्वचर्चित स्ट्राइकर ह्युयुन मिङ सोङ आफुले प्राप्त गरेको अवसरको सदुपयोग गर्न सकेनन् ।

गर कि मरको अवस्थामा रहेको दक्षिण कोरियाले दोश्रो हापमा पुनरागमन गर्ने कोशिस गरेपनि मेक्सिका डिफेन्डरहरुले सवै आक्रमण विफल तुल्याई दिएका थिए । राम्रो खेलको प्रदर्शन गरिरहेकै अवस्थामा कोरियाले ६६ औं मिनेटमा दोश्रो गोल खाएको थियो । उक्त गोल जेविरयर हर्नान्डेजले गरेका थिए ।

यसपछि आक्रमणमा उत्रिएको दक्षिण कोरियाले थुप्रै गोल गर्ने अवसरको सृजना गरेपनि गोल गर्न भने सकेन । कोरियाको तर्फबाट निर्धारित समयको केहि मिनेट पहिले स्ट्राइकर सोङले सुन्दर गोल गर्दै गोल अन्तरलाई २–१ घटाउन सफल भएपनि यतिबेला समयले नेटो काटिसकेको थियो ।

यसरी पहिलो खेलमा पेनाल्टीकै कारण पराजित भएको कोरिया दोश्रो खेलको पराजयको कारण पनि पेनाल्टी नै भएको छ । यो विश्वकपमा पेनाल्टी नै कोरियाका लागि दुर्भाग्य बनेको छ ।