उत्कृष्ट प्रदर्शनसँगै बेल्जियम अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शनसँगै बेल्जियम अन्तिम १६ मा


रुसको स्पार्ताक रंगशालामा विश्वकप २०१८ गु्रप ‘जी’अन्तर्गत भएको खेलमा बेल्जियमले ट्युनीसियालाई ५–२ ले पराजित गरेको छ । यो जितसँगै लगातार २ खेल जितेर बेल्जियम अन्तिम १६ मा पुगेको छ ।

लिग चरणमा लगातार दोश्रो पराजयसँगै ट्युनिसिया विश्वकपबाट बाहिरिएको छ । ट्युनिसिया पहिलो खेलमा इङ्गल्याण्डसँग पराजित भएको थियो ।

बेल्जियमले पहिलो गोल पेनाल्टी किकबाट गर्दै अग्रता लिएको थियो । उक्त गोल कप्तान ईडन हेजार्डले खेल सुरु भएको ६ मिनेटमा गरेका थिए । त्यसपछि १६ औं मिनेटमा बेल्जियमको तर्फवाट रोमेलु लुकाकुले गोल गर्दै आफ्नो टीमलाई २–० ले अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि ट्युनिसियाको तर्फवाट डेलन ब्रोनले १८ औं मिनेटमा गोल गर्दै खेललाई २–१ ल्याएका थिए । यसरी पहिलो हापमा ३ गोल भएको थियो ।

पहिलो हापमा जस्तै दोश्रो हापमा पनि बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै खेल शुरु भएको ३ मिनेटमै गोल गरेको थियो । उक्त गोल लुकाकुले गरेका थिए । फेरि ५१औं मिनेटमा कप्तान हेजार्डले गोल गर्दै बेल्जियमलाई ४–१को अग्रता दिलाएका थिए । यसपछिको खेलमा निकै घम्साघम्सि चलेपनि पुनः ९० मिनेटमा बेल्जियमले गोल गर्दै ५–१को अग्रता लिएको थियो । उक्त गोल मिती बात्सुयाईले गरेका थिए । इन्जुरी टाइमको ९३ औं मिनेटमा ट्युनिसियाका कप्तान वाहबी खासान्त्वना गोल गर्दै गोल अन्तरलाई ५–२ मा ल्याएका थिए ।

दोश्रो हापमा पुरै दबदबा बनाएको बेल्जियमले ट्युनिसियालाई डिफेन्समा राखेको थियो । निकै आक्रमण खेल खेलको बेल्जियमको गोल स्कोर रोक्न ट्युनिसियाका डिफेन्डर गोक कीपरले अथक प्रयास गरेपनि असफल भएका थिए । यसरी दोश्रो हापमा बेल्जियमले थप ३ गोल गरेको थियो ।