प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री स्वदेश फिर्ता


चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । यही असार ५ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका हुन् ।