कला र संस्कृतिको धनी छेन्डु

कला र संस्कृतिको धनी छेन्डु


छविलाल बगाले, सिचुवान, चीन ।

पर्यटक आउने सुँईको पाएपछि आफ्नै कला संस्कृति झल्कने पोशाक लगाएर हातमा खदा लिएर मुलद्धारमा कुरिरहेका थिए स्थानीयहरु । मुलढोकामा पाहुना पुगेपछि स्वागतका लागि लामो खदा लिएका २ जना २५ नकाटेका नारीहरु पाहुनालाई त्यही खदा गलामा पहिराइदिन्छन् । र अघि लगाएर घरभित्र लग्छन् । यो उनिहरुको चलन हो ।

यो प्रसंग चीनको सिचुवान प्रान्तस्थित छेन्डुको हो । सिचुवान कला र संस्कृतिमा निकै धनी छ । टिबेटियन कला संस्कृति यहाँका अमुल्य नीधि पनि हुन् । भाषामा चिनियाँ र टिवेटियन मात्रै बोल्ने उनिहरुमध्ये केहीले अंग्रेजी भाषा पनि बोल्छन् । विभिन्न मुलुकबाट टिबेटियन कला संस्कृतिबारे बुझ्न यहाँ आइपुग्नेलाई अंग्रेजी बोल्नेहरुले बुझाउने र घुमाइदिने गर्दछन् ।

स्थानीयहरु भाषा नआएपनि पर्यटकहरुको स्वागतमा भने जतिखेर पनि तयार हुने गर्दछन् । कला संस्कृतिको जगेर्नाका लागि खप्पिस उनिहरु सरकारलाई साथ दिइरहेका छन् ।

टिवेटियन कला संस्कृतिको संरक्षणका लागि सरकारको सहयोगमा स्थानीयले गरेको प्रयास निकै अनुकरणिय रहेको सिचुवान सरकारको ठम्याई पनि छ । स्थानीयहरुले होङदेही संस्कृति र कला संरक्षणको लागि भन्दै म्युजियम समेत निर्माण गरेका छन् । म्युजियममा टिवेटियन संस्कृतिका अथाह सामाग्रीहरु राखिएका छन् भने विभिन्न ग्रामिण बस्तीमा पाइने पुराना कला कौशलका बस्तुहरु सजाएर राखिएको छ ।

चीनका निकै पुराना बस्तुहरुलाई संग्राहलयमा राखेर आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्नु नै म्युजियमको प्रमुख उद्धेश्य रहेको छ । म्युजियममा राखिएका प्राचिन बस्तुहरुले यहाँ आइपुग्ने जो कोही पर्यटकलाई लोभ्याउने गर्दछ ।

प्राचिन समयमा निर्माण गरिएका तर लोप भएर गइसकेको र जान लागेको कला कौशललाई संरक्षणा गरि देशमा पर्यटककहरुको आगमनलाई थप बलियो बनाउनका लागि अघि बढेको म्युजियम विकास समितिले जनाएको छ ।

म्युजियममा पाहुना आउँदा टिवेटियन पुरुष र महिलाले उनिहरुकै भाषामा गाउने गीत र म्यूजिकले पर्यटकहरुलाई मन्त्रमुग्ध बनाइदिने गर्दछ । स्थानीय कला र संस्कृति देखाएर पर्यटक आकर्षण गर्ने यहाँको कलाले चीनको पर्यटन र अर्थतन्त्रलाई अर्झै माथि उचालेको पाइन्छ ।