साइक्लिङ खेलाडीको निधन

साइक्लिङ खेलाडीको निधन


श्रीलंकामा आयोजना भएको रम्बल इन जंगल २०१८ को माउन्टेन बाइकअन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका नेपालका चर्चित राष्ट्रिय खेलाडी नारायणगोपाल महर्जनको निधन भएको छ । साइक्लिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्रममै दुर्घटना भएर महर्जनको निधन भएको हो । राष्ट्रिय खेलाडी महर्जनको निधन जेठ ३० गते भएको हो ।

महर्जनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राष्ट्रिय खेलकुद परिसर त्रिपुरेश्वरमा राखिएको थियो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, प्रशिक्षक, खेलाडी र कर्मचारीले श्रद्धासुमन प्रकट गरेका थिए ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झन्डा ओडाउँदै श्रद्धाञ्जली प्रकट गरे । सो अवसरमा ओलम्पिक कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।