वरिष्ठ न्युरो सर्जन डा. देवकोटाको निधन

वरिष्ठ न्युरो सर्जन डा. देवकोटाको निधन


नेपालका सुप्रसिद्ध वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको आज सोमबार ५.३५ बजे निधन भएको छ ।

पित्त थैलीको क्यान्सरबाट थलिएका डा. देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार हुँदै आएको थियो । उपचारकै क्रममा आज डा. देवकोटाको निधन भएको अस्पतालले जनाएको छ । केही महिनाअघि बेलायतमा उपचार गरेर डा. देवकोटा नेपाल फर्किएका थिए । उनको मृत्युले नेपालले एक दक्ष र विदेशमा समेत ख्याति कमाएका न्युरो चिकित्सक गुमाएको छ ।

दिवंगत देवकोटाको अन्त्यष्टिसम्बन्धी विवरण हेर्नुहोस न्युरो अस्पतालको विज्ञप्तिमा-