गोलाप्रथाबाट को कति वर्षका लागि ?

गोलाप्रथाबाट को कति वर्षका लागि ?


राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल आज सोमबार गोलाप्रथाबाट टुङ्गो लागेको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को लोत्से हलमा सोमबार सांसदहरू आफैँले गोला तानेर आफ्नो कार्यकाल निर्धारण गरेका हुन् ।

गोला तान्ने समय संसद् परिसर रमाइलो बनेको थियो । गोला तान्दा ६ वर्ष पदावधि निर्धारण भएका सांसद केही उत्साही देखिन्थे भने २ वर्षको कार्यकाल निर्धारण भएका सांसदको अनुहारमा निराशाभाव झल्केको देखिन्थ्यो ।

सर्वाधिक चासोमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले २ वर्षको गोला तानेर आफ्नो कार्यकाल निर्धारण गरेका थिए । त्यस्तै, गृहमन्त्री रामबहादुर थापा बादले भने ६ वर्षको गोला ताने ।

त्यसैगरी राप्रपाको केन्द्रीय सदस्य चुनिएर एमाले प्रवेश गरी एमालेको कोटामा राष्ट्रिय सभाकी सांसद बनेकी चर्चित लोकगायिका कोमल ओलीले राष्ट्रिय सभामा ४ वर्ष बिताउन पाउने भएकी छिन् ।

आज गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएका ५९ सांसदको नाम र कार्यकाल निम्नानुसार छ ।

६ वर्ष कार्यकाल निर्धारण हुने २० भाग्यमानीहरू

रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी, बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेल

४ वर्ष कार्यकाल निर्धारण हुने २० जना
परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादु खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिडारी, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राई

२ वर्ष कार्यकाल निर्धारण १९ जना
हरिचरण सिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बाँस्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालीबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, डा. युवराज खतिवडा, सरिता प्रसाईं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर र वृशेषचन्द्रलाल


तस्बिर रासस