घरजग्गा प्रदर्शनीमा बैंकिङ जानकारी दिँदै बाणिज्य बैंकहरु

घरजग्गा प्रदर्शनीमा बैंकिङ जानकारी दिँदै बाणिज्य बैंकहरु


शुक्रबारदेखि काठमाडौंको भृकुटी मण्डपमा जारी सातौं घरजग्गा प्रदर्शनीमा बाणिज्य बैंकहरुले पनि उपस्थिति जनाएका छन् । बैंकहरुले प्रर्दशनीमा स्टल राखेर अवलोकनकर्ताहरुलाई घर जग्गबारे जानकारी गराएका हुन् ।

प्रदर्शनीमा अवलकोनकर्ताहरुलाई ६ वटा बाणिज्य बैंकले घर तथा जग्गा खरिद गर्न आवश्यक कर्जा सम्बन्धी जानकारी गराइरहेका छन् । प्रदर्शनीमा एभरेष्ट, एनआइसी एसिया, सिभिल, स्ट्याण्डर्ड चार्टड, सनराइज र एनएमबी बैंकले प्रदर्शनीको अवसरमा विगतमा लिदैं आएको सेवा शुल्कमा समेत छुट दिएका छन् ।

बैंकहरुले अहिलेको एक्स्पोमा धेरै नयाँ सुविधा नभएपनि एक्सपोमा घर जग्गा खरिद गर्न बुकिङ गर्ने ग्राहकलाई बैंकले ऋण प्रवाह गर्दा लिने गरेको एक प्रतिशत सेवा शुल्कमा शुन्य दशमलव २५ प्रतिशत सेवा शुल्कमा छुट दिने जानकारी गराएका छन् । एकै छानामुनि घर जग्गामा बैंकहरुले दिने सहुलियत, व्याज र अन्य विषयका बारेमा जानकारी लिन पाउँदा अवलकोनकर्ताहरु खुसी देखिएका छन् ।

यस्तै, सिभिल, एनएमबी, एनआईसी एशिया, स्टाण्डर्ड चार्टड र सनराईज बैंकले १३ देखि १४ प्रतिशतसम्म ब्याजदरमा घर जग्गा कर्जा प्रवाह गर्ने बताएका छन् । एनआईसी एशियाले घरजग्गा खरिद, भवन निर्माण रि फाइनान्समा सरल कर्जा प्रकृयामार्फत १० लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्ने जनाएको छ । मेलाकै अवसर पारेर सिभिल बैंकले योजना तपाइको साथ हाम्रो, तपाईको सुशी हाम्रो खुशी नामको नारा ल्याएको छ । बैंकमार्फत ब्यक्तिगत धितोकर्जाबाट जग्गा किन्न बिना प्रिमियम नै कर्जा प्रवाह गर्ने जनाएको छ ।

यस्तै, एनएमबी बैंकले अधिकतम ३५ बर्ष अवधिसम्मको एनएमबी घरकर्जा उपलब्ध गराउने भएको छ भने सनराइज बैंकले १० बर्षदेखि अधिकतम २० बर्ष समयावधिसम्मको कर्जा उपलब्ध गराउने भएको हो । अवलोकनकर्ताहरुले एउटै छानामुनि सबै बैंकहरुले दिने सेवा सुविधा पाएकोले यस्ता प्रदर्शनी हरेक ६–६ महिनाको अवधिमा गर्नुपर्ने सुझाव दिएका छन् । उनिहरुले बैंकिङ जानकारीको अभावका कारण धेरे नागरिकहरु समस्यामा परेको बताउँछन् ।