जम्मु कस्मिरमा सुरक्षाकर्मी र पत्रकारको हत्या

जम्मु कस्मिरमा सुरक्षाकर्मी र पत्रकारको हत्या


प्रमुख चाड इदको समयमा भारतको श्रीनगरमा स्थानीय राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारीसहित चार जनाको गोली हानेर हत्या गरिएको छ ।

लाल चोक नजिक बिहीबार साँझ सवा सात बजेको समयमा सम्पादक बुखारी र दुई सुरक्षाकर्मीको हत्या भएको र बिहीबार राति एक सैनिकको हत्या गरेको अवस्थामा शव फेला परेको बताइएको छ ।

कश्मीरको पुलवामको कलमपोरा भन्ने स्थानबाट अपहरणमा परेका भारतीय सेनाका जवान औरंगजेबको हत्या भएको अवस्थामा शव फेला परेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।