श्रीमतीले गरिन् श्रीमानको हत्या

8 Shares

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीया शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । मृतक बाबुसँगै रातभर रहेकी पाँच वर्षीया छोरी बिहान रोएको र चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका थिए । त्यसलगत्तै प्रहरीलाई घटनाबारे जानकारी भएको थियो ।

बिहान प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै फरार शर्मिलाको खोजी भइरहेको छ । घटना सम्बन्धमा विस्तृत जानकारी आइसकेको छैन ।

8 Shares

प्रतिक्रिया