हत्यामा संलग्न आशंकामा तीनजना पक्राउ

हत्यामा संलग्न आशंकामा तीनजना पक्राउ


हेमशंकर सिंह

राजविराज । ससुराली आएका एकजनाको हत्या आरोपमा सप्तरी प्रहरीले गए राती सदरमुकाम नजिकै को गाँउबाट तीनजनालाई पक्रउ गरेको छ ।

सप्तरीको तिरहुत गाँउपालिका वडा न.९ त्रिकौल बस्ने तीस वर्षीय दीपेन्द्र मण्डलको हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताए ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

बहुबिहे गरेका मण्डल आफ्नी कान्छी श्रीमतीको माइतीघर राजविराज नगरपालिका वडा न.९ मलेड आएको बेला कुटपिटका कारण गएराती नौ बजेतिर उनको मृत्यु भएको सिंहले बताए ।

अत्यधिक मदिरा सेवन गरेका मण्डलको श्रीमतीसँग विवाद भएको र सोही क्रममा कुटपिटका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी भावेश रिमालले बताए ।

मृतक मण्डलको शव पोस्टर्माटमका लगि गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराजमा राखिएको छ ।

यसैगरी सप्तरीकै महदेवा गाँउपालिका वडा न. १ पकरीमा आज विहान एक जना युवती झुण्डिएको अवस्थनामा फेला परेको छ । सोही ठाँउ बस्ने १५ वर्षिया हुजु खातुनको शव फेला परेको जानकारी आज विहान प्राप्त भएको र घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक सुजता तुम्वाहाम्फेलाई पठाइएको सप्तरीका प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् ।