असार १ गतेदेखि काठमाडौंमा ‘घरजग्गा मेला’ हुने

असार १ गतेदेखि काठमाडौंमा ‘घरजग्गा मेला’ हुने


आगामी असार १ गतेदेखि काठमाडौंमा ‘घरजग्गा मेला’ हुने भएको छ । संघले घरजग्गा मेला गर्न लागेको यो सातौं पटक हो ।

सोमबार राजधानीमा नेपाल जग्गा तथा आवास विकास संघले पत्रकार सम्मेलन गरी आगामी असार १ देखि ५ गतेसम्म राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा मेला गर्न लागेको जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको कडाइका कारण घरजग्गाको कारोबार क्रमशः सिथिल बनिरहेका बेला नेपाल जग्गा तथा आवस विकास संघले मेलाको आयोजना गरेको हो ।

मेलामा उपभोक्ताहरूले सुलभ मूल्यमा घरघडेरी रोज्न पाउने बताएको छ । मेलामा घरजग्गा व्यवसायीहरूले स्टल राख्ने छन् । वैज्ञानिक र व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा जोड दिने संघले जनाएको छ । मेलामा उपभोक्ताहरूलाई एकै थलोमा भेला गराई व्यवसायीहरूले आफ्नो नवीनतम् उत्पादन उपभोक्ता माझ पु¥याउने तथा उपभोक्ताहरूले नेपाली रियल इस्टेट व्यवसायको यथार्थ तथावास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्ने संघले जनाएको छ ।

मेलाको एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा संघले गरेको छ । मेलामा आवास योजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुको सहभागिता रहनेछ ।