वीर अस्पताल सरसफाइका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रकम जुट्दै

वीर अस्पताल सरसफाइका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रकम जुट्दै


मुलुककै जेठो अस्पतालको रुपमा विख्यात ‘वीर अस्पताल’ सरसफाइ कार्यक्रमका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग जुटेको छ । नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा फाउन्डेसनलाई उक्त सहयोग जुटेको हो ।

फाउन्डेसनलाई आएको सहयोग धुर्मुस–सुन्तली फाउन्डेसनले आफ्नो सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत सार्वजनिक गरेका छन् । फाउन्डेसनका अनुसार ८ लाख १५ हजार २ सय ३० रुपैंया सहयोग प्राप्त भएको छ । फाउन्डेसनले सहयोग रकम दिने व्यक्तिको नामावली र सहयोग रकम सहि फेसबुक पेजबाट सार्वजार्निक गरेको हो ।

फाउन्डेसनको अनुसार अस्पताल सरसफाइको लागि नै सहयोग रकम संकलन गरिएको हो । फाउन्डेसनले सहयोग गरिदिने सबैमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइ युक्त बनाउन एकमहिने सरसफाइ अभियान सञ्चालन गरेकी थिइन् । उक्त अभियान नेपालको जेठो अस्पताल वीर अस्पतालबाटै सुरु गरेकी हुन् । यो सरसफाइ अभियानको दूतका रूपमा हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ रहेका छन् । सरसफाइ आभियन स्वास्थ्य मन्त्रालयको अगुवाइमा काम भइरहेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार सरसफाइको जिम्मा वीर अस्पतालको नै रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठलेका अनुसनर सरसफाइको जिम्मा अस्पतालको भएको र सरसइफाको सबै खर्च अस्पतालले बेहोर्ने, अस्पतालले नसकेको खण्डमा मन्त्रालयले सहयोग गर्ने बताएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिकबाहेकको अरू मानवीय रूपमा गरिने सहयोग मागिएको पनि उनले बताए ।

सरकारले सरसफाइ मात्रै भनेको तर रङरोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको सीताराम कट्टेल ‘धुर्मुस’ ले बताएका छन् । अस्पतालले गरिरहेको सरसफाइका नाममा सहयोगको याचना गरी रकम उठाउँदै गरेका ‘धुर्मुस’ले भने प्रारम्भिक चरणमा सरसफाइ मात्रै गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थरूपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको बताएका छन् ।

सहयोगी मनहरुको नामावली

१. हरि धरेल : रु. १०,०००
२. राजन सिंखडा(अर्थ बाउण्ड एक्सपीडीसन्स) : रु.२०,०००
३. राजेन्द्र सापकोटा(आउटडोर हिमालय ट्रेक प्रा.लि.): रु.२५,०००
४. केदार खनाल(ग्रेट भिजन ट्रेक्स एण्ड एक्सपीडीसन्स) : रु. ११,०००
५. बुद्धि इटनी(कर्मा ट्राभल्र्स होम) : रु. २०,०००
६. लिला बल्लभ दाहाल ‘काका’ : रु. ३५,०००
७. रत्न ईन्टरनेशनल प्रा.लि. (किर्ति थापा) : रु. १,००,०००
८. स्पीड वे फाउण्डेशन : रु. ५१,०००
९. प्रकाश लामिछाने (हिमालय हब): रु. १०,०००
१०. बैशाली ट्राभल्स : रु. २५,०००
११. प्रकाश सिंखडा: रु. २०,०००
१२. ध्रुब अधिकारी (भि.आइ.पी. रेष्टुरेण्ट) : रु. ५०,०००
१३. रमेश लम्साल : रु. १०,०००
१४. नवराज बोहरा : रु. १०,०००
१५. रामचन्द्र धमला : रु. २५,०००
१६. काठमाण्डौं इको होटल प्रा.लि. : रु. २१,०००
१७. पुरु तिमिल्सिना (होटल जाम्पा एण्ड टीम) : रु. २५,०००
१८. होटल होली हिमालय: रु. ५०,०००
१९. पम्फा धमला (लाङ्गटाङ्ग री ट्रेकिङ्ग प्रा.लि.): रु. २०,०००
२०. रामचन्द्र गिरी (परिवार होलिडेज प्रा.लि.) : रु. २५,०००
२१. शिवहरी सापकोटा : रु. ३०,०००
२२. लिला श्रेष्ठ : रु. १०,०००
२३. भविश्वर शर्मा (रियल थेरापी) : रु. १०,०००
२४. जिशेष थापा (हिमालयन वन्डर्स एडभेञ्चर्स) : रु. २५,०००
२५. ठाकुरेराज पाण्डे (फस्ट ईन्भायरण्मेण्टल ट्रेकिङ्ग) : रु. ५,१२५
२६. हिमालयन सोसल जर्नी : रु. ४०,०००
२७. तारानाथ लामिछाने (लायन्स क्लब अफ काठमाण्डौं): रु. १०,०००
२८. बलराम थापा (मनास्लु टुरिज्म) : रु. ५,०००
२९. कृष्ण दवाडी (ब्याक प्याकर्स लज) : रु. ५,०००
३०. नवराज अमगाँई : रु. १०,०००
३१. बिष्णु दाहाल : रु. ५,०००
३२. राजाराम पाण्डे : रु. ५,००५
३३. हरिराम रेग्मी : रु. ५,०००
३४. आउट फिटर नेपाल ट्रेकिङ्ग प्रा.लि. : रु. १५,०००
३५. रामचन्द्र लामिछाने (ड्रिम टिवेट ट्राभल एण्ड टुर्स) : रु. ७,०००
३६. समसारा रिसोर्ट प्रा.लि. : रु. १०,०००
३७. प्रिसियस ट्राभल्स : रु. १५,०००
३८. रिभर फन वीच रिसोर्ट : रु. १०,०००
३९. अपी हिमालयन ट्रेकिङ्ग प्रा.लि. : रु. ५,१००
४०. सरोज न्यौपाने (वियोन्ड द लिमिटन्स ट्रक्स एण्ड एक्सपीडीसन्स): रु. ५,०००
४१. सुरेन्द्र लामिछाने र मुक्ति पाण्डे (श्री टिवेट फ्यामिली गेष्ट हाउस) : रु. १०,०००
४२. मदु पाण्डे : रु. १०,०००