तपाईंको यो साता

तपाईंको यो साता


पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)

मेष
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । कूटनीतिक क्षेत्रमा सफलता मिल्मेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसा–व्यवसायका क्षेत्रमा उन्नति–प्रगतिको वातावरण बन्नेछ । साताको अन्त्यमा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ सुन्तला वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृष
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । साताको अन्त्यमा राजनीतिक क्षेत्रबाट सोचेअनुसारको सफलता पाइनेछैन । अनावश्यक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ गाढा पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ सेतो हो । कुन शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । सामान हराउने वा चोरी हुने भय छ । कार्य सम्पादनमा समस्या आउला । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ कालो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व कालभैरवको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
विचार पु¥याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । साताको अन्त्यबाट रोकिएका काम पुनः शुरु हुन सक्छन् । रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ आकासे नीलो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । राजनेताहरूले जनताको राम्रो समर्थन पाउनेछन् । धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला
दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यबाट राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

धनु
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सिन्दुरे वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बिघ्नहर्ता गणेशजीको पूजाअर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर
मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साताको अन्त्यमा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ । आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महामृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । रोकिएका काम पुनः शुरु हुन सक्छन् । सोमबारदेखि सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा कमी आउनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।