राष्ट्रपतिलाई महारानी बनाउन खोजेको आरोप

राष्ट्रपतिलाई महारानी बनाउन खोजेको आरोप


राष्ट्रपति विद्यादेवि भण्डारीलाई महारानी बनाउन खोजेको आरोप लगाउँदै पूर्वसभामुख एवम् नवगठित नेकपा (अण्डरलाइन)का नेता सुवास नेम्वाङ्गले संसदको रेकर्डबाट राष्ट्रपति भण्डारीमाथि प्रयोग गरिएको महारानी शब्द रेकर्डबाट मेटाउन आग्रह गरेका छन् । संसद बैठकमा आफ्ना अभिव्यक्ति दिने क्रममा नेम्वाङ्गले महारानी भन्ने शब्द खोजेर रेकर्डबाट मेटाउन सभामुखसमक्ष माग राखेका हुन् ।

केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिप्रति संकेत गर्दै महारानी शब्द प्रयोग गरेको विषयले चर्चा पाएको थियो । नेता नेम्वाङले निर्वाचनका समयमा जनतासामु गरेका प्रतिवद्धता पुरा गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम आएको जिकीर गर्दै देश बनाउनका लागि जनतालाई देखाइएको सपनालाई जनताले पनि पत्याएका र नीति तथा कार्यक्रम सफल पार्नका लागि सरकारले सोहीअनुसारको बजेट ल्याउनुपर्ने तर्क गरे ।

यसैबीच हत्या अभियोगमा जन्म कैद सजाय भोगिरहेका तत्कालीन माओवादीका पूर्व सांसद् बालकृष्ण ढुंगेललाई कैद माफी दिने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ढुंगेललाई कैद मिनाहा दिन काजिप्रकाले सिफारिस गरेको सन्दर्भमा सो रिट दर्ता गरिएको हो ।

४० प्रतिशत कैद भुक्तानी गरिसकेका कैदीलाई उसको असल चालचलनको आधारमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी दिने सक्ने व्यवस्था छ ।तर रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जघन्य अपराधमा कसुरदार ठहरिएको र न्यायाधीशलाई भौतिक हमलाको धम्की दिने व्यक्तिलाई माफी दिनु कानुनको दुरुपयोग हो भन्दै त्यसले दण्डहीनताले प्रश्रय दिने भएकाले त्यो रोक्ने आदेश माग्दै रिट दर्ता गरेको बताए ।

मानवअधिकारवादी संस्था इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले पनि विज्ञप्ति जारी गर्दै ढुंगेललाई माफी दिने प्रक्रियाको भर्त्सना र फिर्ता लिन माग गरेका छन् ।