अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औँ स्थानमा

अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औँ स्थानमा


अष्ट्रेलियाका धनाढ्यको सूचीमा गैरआवासीय नेपालीहरूको संगठन एनआरएनका पूर्व अध्यक्ष शेष घले ८१ औँ स्थानमा परेका छन् । घले र उनकी पत्नी जमुना गुरुङको सम्पत्ति एक वर्षमा २३ करोड डलरले बढेको हो ।

फाइनान्सियल रिभ्युका अनुसार घले दम्पतीको कुल सम्पत्ति ८७ करोड ६० लाख डलर रहेको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो भने धनाढ्यको सूचीमा १०१ औं स्थानमा थिए । तर यसपटक भने घले दम्पतीको २३ करोड डलर सम्पत्ति थपिएको हो । यो वृद्धिसँगै उनिहरु ८१ औँ नम्बरमा उक्लिन सफल भएका हुन् ।

धनाढ्यहरुको सूची प्रकाशन गर्दै आइरहेको अष्ट्रेलियाको साप्ताहिक म्यागजिन बिजनेस रिभ्यु विक्ली (बीआरडब्लू) ले बिहीबार सन् २०१८ का सबैभन्दा धनाढ्य २ सय व्यक्तिको सूची प्रकाशित गरेको थियो । सूचीको एक नम्बरमा एन्थोनी प्य्राट्ट एण्ड फेमिली रहेका छन् भने दोस्रो नम्बरमा ह्यारी ट्रिगबफ छन् ।

यी हुन् अस्ट्रेलियाका टप टेन धनाढ्यः