इन्साइट भिजन कप शनिबारदेखि

इन्साइट भिजन कप शनिबारदेखि


द इन्साइट भिजन कलेजको आयोजनामा प्रथम इन्साइट भिजन कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता जेठ १२ गते शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ ५० र गल्र्समा २४ टिमको सहभागिता रहने इन्साइट भिजनका चेयरम्यान रामकृष्ण सिंखडाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । २०७४ मा एसईई दिएर बसेका विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने टोलीका सम्पूर्ण खेलाडीलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने कलेजका प्रिन्सिपल भीमकुमार श्रेष्ठले बताए । त्यसबाहेक प्रथम हुने टोलीलाई समान ५–५ हजार नगद पुरस्कार पनि दिइनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरू चन्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३९ लाख ८५ हजार रुपैयाँ खर्च हुनेछ । शुक्रबारसम्म चल्ने प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।