लण्डनमा वृहत च्यारिटी कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय पर्वत समाज

लण्डनमा वृहत च्यारिटी कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय पर्वत समाज


सागर सुवेदी, युरोप

पर्वत जिल्ला घर भई रोजगाारी, अध्ययन, ब्यापार तथा विभिन्न क्रियाकलापका सिलसिलामा हाल नेपालबाहिर विश्वका विभिन्न देशमा रहेका पर्वतवासी नेपालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय पर्वत समाजले संयुक्त अधिराज्यको राजधानी लन्डनमा आगामी जुन ३ मा एक वृहत च्यारिटी कार्यक्रम आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले दिएको जानकारीअनुशार सो कार्यक्रममार्फत एक करोड रुपैयाँ उठाउने लक्ष्यका साथ क्रियाकलाप अगाडि बढिरहेको छ भने लक्ष्यप्राप्तिको लागि पर्वते तथा गैरपर्वते नेपाली दाजुभाइ दिदीबहिनीलार्इ अपिल गरिएको छ ।

गिरि भन्छन्, ‘हामीले हामीले समृद्ध पर्वत निर्माणको लागि यो कार्यक्रम आयोजना गर्न लागेका हौँ ।’ कार्यक्रममा संकलनभएको रकम विशेषतः पर्वत जिल्लाको स्वास्थ्य क्षेत्र तथा शिक्षा क्षेत्रमा लगानी गारिने र समृद्ध पर्वतको निर्माण कार्यमा स्थानीय तथा नेपाल सरकारसँग हातेमालो गर्दै भविष्यमा थप कार्ययोजना ल्याइने पनि उनले जानकारी दिए ।

कार्यक्रमको लागि अन्तर्राष्ट्रिय पर्वत समाजले लण्डननिवासी अन्तर्राष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङको ससंयोजकत्वमा च्यारिटि कार्यक्रम मुल समिति गठन गरी आफ्ना क्रियाकलाप तथा कार्यक्रमकको प्रचारप्रसार गरिरहेको छ । सो कार्यक्रममा विश्वभरका देशमध्ये अस्ट्रिया, नेदरल्यान्ड, स्पैन, जर्मनी , रसिया, पोर्तुगल, फ्रान्स, जापान, इजरायल, युएई, संयुक्त राज्य अमेरिका, स्विडेन, डेनमार्क, बेल्जियम, स्विजरल्याण्ड लगायतमा बसोबास गरिरहेका नेपालीहरुले उपस्थिति जनाउने तथा नेपालबाट पर्वतबाट निर्वाचित जनप्रतिनिधिहरु मध्ये प्रतिनिधिसभाका सांसद लालकाजी गुरुङ र पदम गिरि, प्रदेशसभाका सांसद लालितकला गुरुङका साथै पर्वतका दुर्इ नगरपालिकाका प्रमुख तथा गाउँपालिका प्रमुखहरु उपस्थित हुने कुराको जानकरी अन्तर्राष्ट्रिय पर्वत समाजका माहासचिव स्विजरल्याण्डनिवासी गुणराज शर्माले जानकारी दिए ।

यो कार्यक्रमकको लागि संयुक्त अधिराज्यमा बसोबास गरिरहेका नेपाली, संयुक्त अधिराज्यमा अवस्थित विभिन्न संघसंस्था तथा पर्वत जन्मथलो भई विभिन्न देशमा कुटनीतिक निकायमा सेवा गरिरहेका पर्वतवासी नेपाली, गैरआवासीय नेपाली संघमा आबद्ध यूरोप क्षेत्रमा बसोबास गरिरहेका नेपालीलार्र्इ निमन्त्रणा गरिसकिएको र लक्ष्यअनुशारको रकम उठ्नेमा विश्वस्त रहेको अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक तथा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष लण्डननिवासी आचार्यले बताए ।

च्यारिटी कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनोरञ्जन दिलाइने, संकलित चन्दा रकमलाई व्यवस्थित तरिकाले पर्वतको विकास र समृद्धिमा लगाइने आयोजक संस्थाले जनाएको छ ।