ह्यारी र मेगनको जादुमय विवाह सम्पन्न

ह्यारी र मेगनको जादुमय विवाह सम्पन्न


– प्रकाश केसी (लण्डनबाट)

संसारभरि लगभग २० अर्ब मानिसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष रूपमा हेरिएको बेलायती राजकुमार ह्यारी र अमेरिकी टेलिभिजन कलाकार मेगन मार्कलको विवाहले बेलायतको राजपरिवारको नयाँ ढंगले प्रस्तुत गरेको छ ।

राजगद्दीको उत्तराधिकारको छैटौं सम्भावना ओगटेका ह्यारीको विवाह वास्तवमा पूर्ण सरकारी समारोह थिएन, त्यसैले कुटनीतिक नियोगलाई सरिक गराउन जरुरी नभएको उक्त विवाहमा संसारभरिबाट ६ सय जना पाहुना बोलाइएका थिए । तर, विलियम र केट जसको विवाह राजदरबारको परम्पराअनुसार सप्ताहबीच अर्थात् वुधबार गरिएको थियो, १९ सय अतिथि बोलाइएका थिए जो १९४७ मा महारानी एलिजावेथ र फिलिपको विवाहमा सरिक अतिथिहरुभन्दा सयले कम थियो । एकपछि अर्को मान्यता तोड्दै सम्पन्न भएको विवाह मे महिनाको घमाइलो शनिबार अर्थात् सप्ताहान्त भएको हो ।

अमेरिकी टेलिभिजन कलाकार ३७ वर्षीया मेगन मर्केल एक अभिनेत्रीको रुपमा परिचित मात्र छैनन्, उनी वास्तवमा आफ्नो परोपकारी संलग्नताले ज्यादा परिचित र लोकप्रिय छिन् । खासगरी लैंगिक समानताको लागि र आधुनिक दासताको विरुद्ध बोल्ने मेगनको २०१४ मा डब्लिनमा भएको वान योङ वल्र्ड नामक अन्तरराष्ट्रिय च्यारिटीको वार्षिक भेलामा गरिएको भाषणले उनी अन्तर्राष्ट्रिय जगतमा परिचित बनेकी हुन् । त्यस्तै वल्र्ड भिजन क्यानाडाको ग्लोबल एम्बैसेडर रहेकी मेगन, महिला हक र अधिकारको सन्दर्भमा आयरल्याण्ड, रुवान्डा, इण्डिया आदि देशमा भ्रमण गरेसकेकी छिन् । टाइम म्यागाजिनको २०१८ को संस्करणमा संसारका १००औं प्रभावकारी व्यक्तित्वमध्ये एकमा दर्ता भएकी मेगन, राजकुमार ह्यारीभन्दा तीन वर्षले जेठी हुन् ।

विश्वको राजकुमार जस्तै मानिएका ह्यारीको विवाहमा बेलायती सरकारबाट गरिएको खर्चका बारेमा बेलायतमा केही पक्षबाट विरोधजनक प्रचारप्रसार भएका छन्, जसमा बताइएअनुसार यो विवाहमा ३०० लाख पाउण्ड खर्च सुरक्षाको प्रवन्धको लागि भएको र सो बेलायती करदाताहरूको पैसा हो । यसको उपयोग आन्तरिक दर्जनौं यस्ता कार्यमा लगाइन सकिन्थ्यो, जसले हजारौं नागरिकहरुले राहत पाउने थिए ।

तर राजपरिवारलाई बेलायतको शान मान्नेहरुका तर्क बेग्लै छ, जसको संख्या अति ठूलो बहुमतमा छन् । अफगानिस्तानमा भइरहेको लडाइँमा भाग लिनको लागि दुई पटक स्वेच्छाले भाग लिएका ह्यारीले इन्भिक्ट्स गेम, घाइते सिपाहींहरुको सहयोगको लागि शुरुवात गरेका छन् जो हरेक वर्ष ज्यादा सफल र लोकप्रिय बन्दै गएको छ, जसबाट सयौं घाइते सिपाहींहरु लाभान्वित भएका छन् । विश्वभरि दर्जनौं दर्जन च्यारिटेबल कार्यक्रमहरुमा निःशुल्क भाग लिए र लिँदै गरेको ह्यारीको परिवारले वर्षमा बेलायतमा गर्ने निजी आय ४०० मिलियन पाउण्डबाट बेलायत सरकारको कोषमा ३६० मिलियन पाउण्ड जान्छ, उनको परिवारको आकर्षणले भित्र्याउने टुरिज्म व्यवसायबाट बेलायतमा हरेक वर्ष बीस अर्ब पाउण्डको आर्थिक संकलन हुन्छ भने उक्त व्यक्तिको विवाहमा भएको खर्चको चर्चा त्यो अर्थमा गरिनु अन्त्यन्तै तूच्छ कार्य हो भनिएको छ । यद्यपि ह्यारी र मेगनको यस विवाहको अवसरले, अनुमानित ५०० मिलियनको अर्थ संकलन गरेको बताइएको छ ।

विश्वको राजकुमार जस्तै मानिएका ह्यारीको विवाहमा बेलायती सरकारबाट गरिएको खर्चका बारेमा बेलायतमा केही पक्षबाट विरोधजनक प्रचारप्रसार भएका छन्, जसमा बताइएअनुसार यो विवाहमा ३०० लाख पाउण्ड खर्च सुरक्षाको प्रवन्धको लागि भएको र सो बेलायती करदाताहरूको पैसा हो । यसको उपयोग आन्तरिक दर्जनौं यस्ता कार्यमा लगाइन सकिन्थ्यो, जसले हजारौं नागरिकहरुले राहत पाउने थिए । तर, अफगानिस्तानमा भइरहेको लडाइँमा भाग लिनको लागि दुई पटक स्वेच्छाले भाग लिएका ह्यारीले इन्भिक्ट्स गेम, घाइते सिपाहींहरुको सहयोगको लागि शुरुवात गरेका छन् जो हरेक वर्ष ज्यादा सफल र लोकप्रिय बन्दै गएको छ, जसबाट सयौं घाइते सिपाहींहरु लाभान्वित भएका छन् ।

निकै नै परम्परावादी रुपमा स्थापित भएको बेलायतको राजसंस्थाले पछिल्लो अवसरमा आफूलाई निक्कै समयसापेक्ष बनाउन सक्षम भएको छ । आम जनतामा निक्कै उदार र सहज रुपमा राजपरिवार प्रस्तुत भएकोले पनि राजसंस्थाको लोकप्रियता दिनप्रतिदिन वढ्दो छ। नयाँ पुस्ताहरुले आम नागरिकसरह आफ्नो रवैयामा र व्यवहारमा अवतरण गराउने खालमा धेरै कार्यहरु गरेका छन् र त्यसरी नै आम मनमा माया र सदभावको साथ वास पाएका छन् ।

भूकम्पपछि नेपालमा आफ्नो छुट्टी बढाएर विशेष रुपमा बसेका ह्यारीले नेपालीहरुको विशेष माया पाएका छन् । भक्तपुरमा गएर भूकम्प पीडितहरुको हाल बुझ्ने कर्ममा तीमध्ये केहीका हालात निक्कै अप्ठ्यारो खालको भएको र सो हालातको लागि उनले त्यहाँ माफी मागेका थिए । कहिले कार्यभन्दा वचन नै धेरै सार्थक हुन्छ, त्यहाँ त्यो ज्यादा भएको थियो । द्वीसत वार्षिकी मनाउने क्रममा बेलायतस्थित दूतावास आएर नेपालहरुबीच आफ्नो सद्भाव निक्कै प्यारो रहेको बताएका ह्यारी अफ्रिकन मुलुकहरु, एसियन मुलुकहरुलगायत दुनियाभरिका गरीव देशहरुमा गई सेवामुलक काममा आफ्नो साथ दिँदै आएका छन् र वास्तवमा संसारकै राजकुमार बनेका छन् । त्यस्तै लैंगिक समानताका लागि विशेष रुपमा आवाज उठाउने मेगनसँगको विवाहपश्चात् यो जोडीले संयुक्त रुपमा उक्त प्लेटफर्मको सही सदुपयोग गर्ने सजिलै अनुमान गर्न सकिन्छ । विलियम र केटसँगै, ह्यारी र मेगनले बेलायती राजसंस्थाको भावानात्मक रुपमा नयाँ संरचनाको स्थापना गरेका छन् ।

किताव पढिने एकादेशको राजकुमार र राजकुमारीको विवाहको प्रत्यक्ष झझल्को दिएर ह्यारी र मेगनको विवाह सम्पन्न भएको छ । मेगनको विवाह क्रममा उनको बाबुले छोरीलाई साथ लिएर ज्वाइँको हातमा दिने कार्य ससुरो अर्थात् राजकुमार चाल्र्सले गरेर राजसंस्थाको सहजीकरणको उदाहरण दिएका छन् । विवाहमा भएको साजसज्जा, पहिरन, व्यवस्थाले जादुमय संसारको स्वरुप देखाएको थियो । बेलायतका कैयौं स्थानहरुमा यही विवाहको उपलक्ष्यमा सडक, पार्क आदिमा निजी, सामाजिक अनि काउन्सिलको तर्फबाट खुल्ला भोजको आयोजना गरिएको छ र सर्वत्र त्यसैको चर्चा चलेको छ ।