उमा कुङफु टोली चीन प्रस्थान

उमा कुङफु टोली चीन प्रस्थान


अन्तर्राष्ट्रिय कुङफु महासङ्घको आयोजनामा हुने कुङफु ट्रेनिङ क्याम्प र सेमिनारमा सहभागी हुन दुई सदस्यीय नेपाली उमा कुङफु टोली चीनको बेइजिङ प्रस्थान गरेको छ ।

एक महिनासम्म सञ्चालन हुने उक्त क्याम्पमा खेलाडी कमल मगरले नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । त्यस्तै, नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले एकदिने विशेष सेमिनारमा भाग लिने जानकारी गराइएको छ ।

क्याम्प र सेमिनारमा ५८ राष्ट्रको सहभागिता रहने उमा कुङफु सङ्घका वरिष्ठ उपाध्यक्ष सन्जित राईले जनाएका छन् । क्याम्प र सेमिनार बेइजिङ साउलिन उसु स्कुलमा हुनेछ ।