सर्बोच्च शिखर सगरमाथा क्षेत्र प्रदुषित बन्दै

सर्बोच्च शिखर सगरमाथा क्षेत्र प्रदुषित बन्दै


नेपाल र नेपालीको प्रतिष्ठासँग जोडिएको विश्वकै अग्लो शिखर सगरमाथामा फोहोर बढेको छ । सगरमाथाको आधार शिविरदेखि शिखरसम्मका भागहरुमा अत्यधिक मात्रामा फोहोर बढेको हो ।

सगरमाथा आरोहणका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको उपस्थिती बढेका कारण सगरमाथा फोहोर बन्दै गएको हो । १७ पटकसम्म सगरमाथा आरोहण गरेका पेम्बाधोर्जे शेर्पाले प्लाष्टिक तथा अन्य फोहोरजन्य वस्तुको बृद्धिका कारण सगरमाथा क्षेत्र दिनप्रतिदिन प्रदुषित बन्दै गइरहेको बताए ।

उनका अनुसार सगरमाथाको आधार शिविरदेखि क्याम्प १, २, ३, ४ लगायतका स्थानमा फोहोर बढेको शेर्पाको भनाई छ । उनले सगरमाथा क्षेत्रको सरसफाइको रेखदेख गर्ने सरकारी कर्मचारी समेत सम्बन्धित ठाउँमा नआउने र फोहोर व्यवस्थापनका लागि सरकारी तवरबाट कुनै पहल नभएको गुनासो गरे ।