मोदी, मुक्तिनाथ र मुक्तिक्षेत्र

मोदी, मुक्तिनाथ र मुक्तिक्षेत्र


– विनोद त्रिपाठी

मुक्तिनाथ मन्दिरको भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षअघि नै गरेका थिए । यी कुरा हालै सार्वजनिक पनि भइसकेको छ । त्यतिबेला मोदीको मुक्तिक्षेत्रसँगको कनेक्टिभिटी विशुद्ध धार्मिक थियो । प्रधानमन्त्रीको रूपमा उनी मुक्तिनाथ मन्दिर आएपछि अहिले धार्मिक मात्र नभई दुई देशबीचको सम्बन्धसँग जोडिन पुगेको छ । यसका केही सतहमा नआएका कारणहरू जान्नुपर्ने हुन्छ ।

मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीको साझा आस्थाको धरोहर हो । खासगरी, यसको महिमा बौद्ध धर्मावलम्बीसँग सम्बन्धित छ । मन्दिरको तल कालीगण्डकी नदी बेंसी किनारमा पर्ने कागबेनी हिन्दूहरूको मुख्य पूजास्थल हो । पितृपूजा श्राद्ध गर्ने प्रमुख थलो कागबेनीसँगै मुक्तिनाथ मन्दिरसँग हिन्दूहरूको पनि प्रभाव पर्दै गयो । फलस्वरूप हिन्दू र बौद्धबीचको संयुक्त पूजा आराधनाबाट मन्दिरले प्रसिद्धि पाएको छ । यो मुक्तिक्षेत्र हो । यहाँको भोटे भाषामा ‘छुमिङ ग्यात्सा’ जसको अर्थ हुन्छ, सय पानी । त्यही आधारमा १०८ धारा मुक्तिनाथ मन्दिरको विशेषता हो । मुक्तिनाथ मन्दिर वैष्णव सम्प्रदायहरूको मुख्य आस्था हो ।

मोदीको जिन्दगीको यात्रा उनको जीवनकथा पढ्यो भने उनी कट्टर हिन्दूधर्मका अनुयायी हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले चुनाव लड्दा हिन्दूधर्मको मुख्य क्षेत्र बनारस रोजे । त्यहीँबाट उनले चुनाव जिते । हुन त उनले आफ्नो गृहजिल्ला गुजरातको बडोदरा क्षेत्रबाट पनि चुनाव जितेका हुन् । तर, उनलार्ई दुई निर्वाचन क्षेत्रमा चुनाव लड्ने अवसर प्राप्त भएपछि उनले हिन्दूकै बाहुल्य भएको बनारस नै रोजे । उनी १४ वर्षसम्म गुजरातको मुख्यमन्त्री बनेर विकासमा कायापलट नै ल्याइदिए । उनले ल्याएको विकासको मोडेल हिन्दूधर्मको आस्थालार्ई जगाउनेगरी आधुनिक भौतिक निर्माणमा विश्वसामु चर्चित बन्यो । मुस्लिम धर्मावलम्बीहरूको आलोचकको रूपमा चिनिएका मोदीले ०७१ मा भारतको १५औँ प्रधानमन्त्री भएपछि धार्मिक विभेदको मन्त्रणालार्ई चिरेर धर्मनिरपेक्ष भारतको अधिकारवादी बन्ने प्रयास गरे । त्यसताका मोदी प्रधानमन्त्री भएपछि भारतभर धार्मिक दङ्गा फैलिन्छ भन्ने संसारभरको आशङ्कालार्ई उनले असफल साबित गरिदिए ।

मुस्लिम धर्मावलम्बीहरूको आलोचकको रूपमा चिनिएका मोदीले ०७१ मा भारतको १५औँ प्रधानमन्त्री भएपछि धार्मिक विभेदको मन्त्रणालार्ई चिरेर धर्मनिरपेक्ष भारतको अधिकारवादी बन्ने प्रयास गरे । त्यसताका मोदी प्रधानमन्त्री भएपछि भारतभर धार्मिक दङ्गा फैलिन्छ भन्ने संसारभरको आशङ्कालार्ई उनले असफल साबित गरिदिए ।

मोदी स्वतन्त्र भारतको १५औँ प्रधानमन्त्री हुन् । महात्मा गान्धीको सत्याग्रह र चन्द्रशेखर आजादहरूको सशस्त्र युद्धबाट ब्रिटिसको पञ्जाबाट मुक्त हुन पुगेको भारतले आफ्ना सङ्घीय राज्यमार्फत विकासका मोडेलहरू प्रस्तुत गर्न थाल्यो । त्यसअघि विभिन्न राजा–रजौटाहरूलार्ई आफ्नो पक्षमा पारेर ब्रिटिसहरूले सय वर्षभन्दा बढी भारतमा शासन गरे । गुजरात ब्रिटिसहरूको मनोरञ्जनस्थल बन्यो । तर, विकासमा निकै पछि थियो । भारतीय जनता पार्टीको चामत्कारिक उदयपछि गुजरातमा विकासको लहर आएको त्यहाँको इतिहासमा पढ्न पाइन्छ । यही भिडमा मोदीले चारपटकसम्म चुनाव जितेर गुजराजमा शासन गरेका थिए । उनले गुजरातमा विकासको उज्यालो फैलाए । पछि उनलार्ई देशकै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने भारतभर माग उठेको थियो ।

नेपालमा मोदीले गुजरातको मुख्यमन्त्री हुनुअघि नै मुक्तिनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गरिसकेका थिए । उनी भारतको प्रधानमन्त्री भएपछि नेपालको तीनपटक भ्रमण गरिसके । अघिल्ला भ्रमणमा धेरै पहिले नै भिक्षुको रूपमा नेपाल आएको मोदीले सङ्केत गरेका थिए ।

अब प्रश्न उठ्छ– के मोदी आउँदैमा हामीलार्ई फाइदा हुन्छ ? छोटो रूपमा यी विषय केलाऊँ । खुला सिमानाले भारतलार्ई भन्दा हामीलार्ई नोक्सान पुऱ्याएको हामी नेपालीलार्ई मात्र थाहा छ । भारतले त खुला सिमानाले नेपालले फाइदा लिएको नक्कली कुरा गर्छ । सिमानाबाट भारतको विकृति मात्र निःशुल्क नेपालतिर छिर्छ । तर, सशुल्क सामान ल्याउन हाम्रो अनुरोधलार्ई बेलाबेलामा भारतले लात हानेर अपमान गर्छ र नाकाबन्दी लगाउँछ । गान्धीवादी भारतीय काङ्ग्रेस पार्टीले यसअघि दुईपटक नाकाबन्दी लगायो । ती नाकाबन्दी मोदीका पालामा लगाइएको नाकाबन्दीभन्दा धेरै कष्टकर थिए । यसका बेग्लै तथ्यहरू छन् । मोदीको पालामा ०७२ कात्तिकपछि लगाइएको नाकाबन्दी भूकम्पको आलो घाउसँगै जोडिएकोले निकै पीडादायक थियो । यो कुरा सम्झाउने र भारतले गरेको गल्तीमा माफी मगाउन लगाउने नेपाल सरकारको क्षमताको प्रश्न हो । यसमा वर्तमान सरकार चुकेको पक्कै हो । तर, यो नाकाबन्दीको शृङ्खला रोक्न र भारतको हेपाहा प्रवृत्तिलार्ई अन्त्य गर्न हाम्रा भद्दा टिप्पणीले काम गर्छ ? पक्कै पनि गर्दैन । गर्ने भए हामीले राजा महेन्द्रको पालादेखि नै भारतकोे विरोधमा जनस्तरबाटै आवाज उठाउँदै आएका छौँ । त्यसैले, यसको कूटनीतिक पाटोबाट हल नगरेसम्म भारतले हेर्ने नेपाललार्ई दृष्टि एउटै रहनेछ ।

भारतबाट हामी पिल्सिएको वा हेपिएको हाम्रो इतिहास साक्षी छ । तर, यसको मतलब छिमेकसँगको सम्बन्धमा सधैँ उही दृष्टिकोण राख्दा हाम्रोजस्तो कमजोर मुलुकलार्ई फाइदा होला ? यस्ता भ्रमले नोक्सानसिवाय केही दिँदैन । भारतलार्ई दृष्टिकोण बदल्न दबाब दिनका लागि पहिला हामी बदलिनुपर्छ ।

मोदीको भ्रमणमा नेपाल सरकार लम्पसारवाद भएको आलोचना सर्वसाधारणदेखि जानकारहरूसम्मले छताछुल्ल पारेका छन् । यसमा मुख्य दोषी सरकारको पङ्गुपन हो । हाम्रो सुरक्षा व्यवस्था चुस्त बनाउनुपथ्र्यो र भारतीय सेना आउन नपाउने भन्नेबारेमा नेपालले पहिल्यै भारत सरकारलार्ई स्पष्ट जानकारी दिन सक्नुपथ्र्यो । जनकपुरमा भएको भ्रमणका गम्भीर गल्तीहरू जस्तैः मुख्यमन्त्रीको भाषण, नेपालको विकृति झन्डा, प्रचारमा भारतीय प्रभाव आदि कुराहरू नेपालको केन्द्रीय सरकारले पहिल्यै व्यवस्थापन मिलाउन सक्नुपथ्र्यो । यी यावत् पक्षका विषय हाम्रा आफ्ना भूलहरू थिए । के हाम्रा गल्तीले निम्तिएका समस्याहरू बल्झाएर हामीले प्राप्त गर्ने फाइदाहरू ओझेलमा पार्न मिल्छ ?

मोदी भ्रमणको सकारात्मक पक्ष भनेकै पर्यटकहरूको बढोत्तरी हो । भारतजस्तो शक्तिशाली मुलुकको प्रधानमन्त्री नेपाल आउँदा र निर्धक्क घुम्दा हुने फाइदा पनि हामीले हेर्नुपर्छ । उत्तर र दक्षिण कोरियाबीचको शत्रुता अहिले संवादमा रूपान्तरित भइरहेको छ । अमेरिका र उत्तर कोरियाको टक्कर केही दिनमै सिंगापुर भेटमा टेबुलवार्ता गर्ने तयारीमा छ । मानवजीवनमा शत्रुता र मित्रता कहिल्यै स्थायी हुँदैन । विश्वमा यसका धेरै उदाहरण छन् । भारतबाट हामी पिल्सिएको वा हेपिएको हाम्रो इतिहास साक्षी छ । तर, यसको मतलब छिमेकसँगको सम्बन्धमा सधैँ उही दृष्टिकोण राख्दा हाम्रोजस्तो कमजोर मुलुकलार्ई फाइदा होला ? यस्ता भ्रमले नोक्सानसिवाय केही दिँदैन । भारतलार्ई दृष्टिकोण बदल्न दबाब दिनका लागि पहिला हामी बदलिनुपर्छ । अहिले मोदीको नेपाल भ्रमण विश्वमै चर्चाको विषय बनेको छ । हुन त भारतकै कङ्ग्रेस पार्टीले मोदी नेपाल भ्रमणलार्ई कर्नाटक चुनावलार्ई प्रभावित पार्न रचिएको प्रोपोगण्डाको आरोप लगाएको छ । हामी त्यतातिर नजाऊँ ।

शक्तिशाली मुलुकको प्रधानमन्त्रीको भ्रमण आफैँमा ठूलो प्रचार हो । पर्यटन क्षेत्रको विकासका लागि हरेक मुुलुक यस्ता खालका भ्रमण गराउन ठूलो लगानी खर्चन्छन् । मोदीको यो भ्रमण कुनै आकस्मिक थिएन । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले निम्त्याउनुभएको योजनाबद्ध भ्रमण हो । यसलार्ई सरकारले नै सांस्कृतिक र धार्मिक भ्रमणको रूपमा पहिले नै व्याख्या गरिसकेको थियो । यो सबै हामीलार्ई अवगत हुँदाहुँदै पनि हामी आलोचनामा उत्रँदा नोक्सान हामीलार्ई हुने हो । त्यसैले, मोदी भ्रमण मुक्तिनाथदेखि जनकपुरधाम मन्दिर क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ भन्ने अवसर हामीले भुल्न हुँदैन । मुक्तिक्षेत्र अर्थात् मुक्तिनाथ मन्दिरमा संसारको कुनै शक्तिशाली व्यक्ति पहिलो पुगेको भनेकै यही मोदी यात्रा हो । यसले समग्र दक्षिण एसियाका मानिसलार्ई नेपाल जान प्रेरित र उत्सुकता पैदा गरिदिएको छ । नेपालमा निर्धक्क घुम्न र मनोरञ्जन लिन सकिन्छ भन्ने मोदीले मुक्तिनाथमा खिचाएका तस्बिरहरूको प्रसारणबाट विश्वको ध्यान खिचिदिएको छ ।