पाकिस्तान जाँदै प्रधानसेनापति

पाकिस्तान जाँदै प्रधानसेनापति


प्रधानसेनापति राजेन्द्र क्षत्री पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमणमा निस्कनुहुने भएको छ । पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री भोलि (३१ वैशाख ०७५) त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति क्षत्री जेठ ४ गते स्वदेश फिर्ता हुनुहुनेछ भने उहाँको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुने बताइएको छ ।

उच्च सैन्य नेतृत्वबाट हुने यस्ता भ्रमणले नेपाली सेना र अन्य राष्ट्रका सेनाबीचको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।