मोदीको नेपाल आगमनदेखि स्वदेश गमनसम्म

मोदीको नेपाल आगमनदेखि स्वदेश गमनसम्म


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिवसीय नेपाल भ्रमणको चर्चा उनी फर्केर गएपछि पनि सेलाइसकेको छैन । मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीको ‘राष्ट्रवाद’को खोल उत्रिएको भन्दै एकपक्षले आलोचनाको वर्षा गरेका छन् भने कतिपय आलोचकहरू चाहिँ ‘निरर्थक विरोध गरिएछ’ भन्ने शैलीमा ‘कन्भिन्स’ भएका पनि भेटिएका छन् । ‘भ्रमणले सकारात्मक सन्देश दिएको’ उनीहरूको बुझाई छ यतिबेला । नरेन्द्र मोदीको यसपटकको नेपाल यात्रा लाभ–हानीको कसीमा कति पानीमा–कति जमिनमा ? यसबारे तर्क–वितर्क, वादविवाद र ब्याख्या–विष्लेषण चल्दै गर्ला । उनी नेपाल आएर फर्किएसम्मको विभिन्न क्षणका प्रतिनिधिमूलक तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै शुक्रबार बिहान जनकपुर विमानस्थलमा आइपुग्नुहुँदै ।

नेपालको दुईदिने राजकीय भ्रमणका लागि आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रबार जनकपुरमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा राम र सीताको प्रतिरुपलाई दर्शन गर्नुहुँदै ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चनापछि टीका ग्रहण गर्नुहुँदै ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चनापछि सम्बोधन गर्नुहुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त रूपमा शुक्रबार जानकी मन्दिर परिसरमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ गर्नुहुँदै ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मैथिली भाषामा लेखिएको अभिनन्दन पत्र प्रदान गर्नुका साथै नगरको कलात्मक साँचो हस्तारण गर्नुहुँदै ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा एक सय एक्काइस किलोको मालासहित नागरिक अभिनन्दन गरिँदै ।

जानकी मन्दिर दर्शन र पूजापछि आगन्तुक पुस्तिकामा मोदीद्वारा यस्तो लेखियो ।

नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काठमाडौं आइपुग्नुहुँदै ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुग्नुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुहुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ।

काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्नुहुँदै ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै ।

नेपालको राजकीय भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता हुँदै ।

नेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उच्च नेतृत्वसित भारतका प्रधानमन्त्री मोदीले शनिबार काठमाडौंमा भेटवार्ता गरेपछिको क्षण ।

पशुपतिनाथ मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजाअर्चना एवं दर्शनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाका बारेमा जानकारी लिनुहुँदै ।

प्रधानमन्त्री ओली र समकक्षी मोदीले राजधानीमा शिलान्यासको स्वीच थिचेपछि संखुवासभाको नुमको फ्याक्सिन्दामा रहेको शिलान्यास स्तम्भ ।

मुक्तिनाथको दर्शनका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङका हिमाल पारीका युवासँग सेल्फी खिचाउँदै ।

मुक्तिनाथको दर्शनका लागि शनिबार मुक्तिनाथ पुग्नुभएका नरेन्द्र मोदीलाई शालिग्राम उपहार प्रदान गर्दै प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

भारतका प्रधानमन्त्री मोदीलाई महानगरपालिकाद्वारा नागरिक अभिनन्दनपछि उपहार प्रदान गरिँदै ।

दुईदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्कंने बेला विमानस्थलमा प्रधानमन्त्री मोदीलाई बिदा गर्दै परराष्ट्रमन्त्री ज्ञवाली, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी दम्पत्तिलगायत ।

सबै तस्बिर रासस