डायस्पोरा–दृष्टि

डायस्पोरा–दृष्टि


your-visionअमेरिकामा नेपाली हैसियत र यथार्थ
आजभोलि अमेरिका आउने नेपालीको सङ्ख्या दिन–दिनै बढ्दै छ । अमेरिका आएर केही वर्È बसेर नेपाल पुगेपछि ती नेपालीको गफ सुन्दा अमेरिकामा तिनलाई चिन्नेजान्नेहरू ए फलानोको हैसियत यो पो रहेछ भनेर उल्टो छक्क पर्दछन् । धेरै वर्Èअघि अमेरिकाबाट नेपाल पुगेर रसेन्द्र भट्टराई नामक एक व्यक्तिले नेपालको एक दैनिक अखबारमार्फत दिएका गफ सायद धेरै नेपाली पत्रकारले बिर्सिसकेका होलान् । त्यसो त ती भट्टराईको निधन भएकै निकै वर्È बितिसकेको छ ।
त्यही भएर होला आजभोलि फेरि त्यही प्रवृत्तिका मानिसको गफले नेपालका पत्रपत्रिका तथा नेपाली अनलाइन, टेलिभिजनहरू भरिन थालेका देखिन्छन् । जो अमेरिकामा सामान्य मजदुरी गरेर जीवनयापन गरिरहेको हुन्छ तर उसलाई नेपाल पुगेर आफू अमेरिकामा रहेको नेपालीमध्येकै उत्कृष्ट हुँ भन्ने देखाउन रहर चल्छ र उसले नेपालका सञ्चारमाध्यमहरूलाई प्रयोग गरिरहेको देखिन्छन् ।
अमेरिकामा केही वर्È बसेका र आफूलाई कोही अमेरिकी उपल्लोस्तरको इन्जिनियरको गफ लगाउँछन् त कोही साइन्टिस्ट अनि कोही अमेरिकाको राजनीतिक कार्यकर्ता त कोही अमेरिकाको उपल्लोस्तरको सरकारी व्यक्ति हुँ भन्ने गफ लगाउँदै नेपालका सञ्चारमाध्यममा छाएको देख्दा अमेरिकामा तिनलाई चिन्ने नेपाली भने ‘लाटो देशमा गाँडो तन्नेरी हुन सजिलो रहेछ’ भन्ने उखान सम्झन्छन् । जे भए पनि ऊ त्यस्ता संस्थामा काम गर्ने एउटा सामान्य कर्मचारीसमेत हुन्छ हुँदैन तर त्यो कसैलाई थाहा हुन्न । नेपाल पुगेर उसका धाक र रवाफ सुन्दा लाग्छ अमेरिका खर्लप्पै खाइसकेको रहेछ ।
कुनै जमानामा एक नेपालीले अमेरिकाको विश्व बैंकमा काम गर्छु भन्ने गफ लगाएर नेपाल पुगेर सोही हैसियतकी श्रीमती बिहे गरी अमेरिका आएको र बिहे गरेर आएको तीन–चार महिनापछि आफ्नो लोग्नेको हैसियत विश्व बैंकको सामान्य गार्ड भएको कन्ट्याक्टरमार्फत थाहा भएपछि श्रीमती लोग्ने छाडेर नेपाल गएको रोचक कहानी डीसी Ôेत्रमा बस्ने पुराना नेपाली धेरैलाई थाहा छ । आजभोलि पनि अमेरिका बस्ने केटो भनेपछि नेपालमा पुगेर आफ्नो हैसियतभन्दा माथिको परिवारसँग पारिवारिक सम्बन्ध कायम गर्दै अमेरिका आइपुग्ने नेपाली जोडीको कथा–व्यथा उही विश्व बैंकमा काम गर्छु भन्नेकै सरह कतिको भइरहेको समय–समयमा सुनिन थालेको छ ।
युरोप–अमेरिकामा बसेको भन्नेबित्तिकै नेपालमा पुगेपछि उसको हैसियतलाई सोधिखोजी नै नगरी पारिवारिक सम्बन्ध कायम गर्नाले त्यस्ता पारिवारिक सम्बन्ध धेरै समयसम्म नटिकेका घटना दिनप्रतिदिन बढ्न थालेका छन् । अमेरिकामा जस्तोसुकै काम गरोस् कसैले मतलब राख्ने कुरा भएन, किनकि कामको सबैले सम्मान गर्नुपर्छ र गर्छन् पनि । तर, प्रवासमा बस्ने नेपालीले आफ्नो काम सानै गरेर जीवकोपार्जन गरिरहेका भए पनि नेपालीबीच नै आफ्नो काम सकेसम्म ढाँट्ने परम्परा व्याप्त देखिन्छ । अमेरिकामा काम जेसुकै गरून् अमेरिकीमाझ कुनै गफको विÈय हुँदैन ।
काम भनेको जीवन निर्वाह गर्नका लागि हो न कि आ–आफूबीच गफ लगाउन भन्ने कुरा धेरै नेपालीले सायद बुझेर पनि बुझ पचाइरहेका हुन्छन् । त्यसो त अमेरिकाका त्यस्ता सम्मानित Ôेत्रमा नेपाली मूलका अमेरिकन नपुगेका होइनन्, तर तिनीहरू सायदै सञ्चारमाध्यममा देखापर्छन् । उनीहरूलाई सञ्चारमाध्यममा ल्याउन कसरत नै गर्नुपर्छ । उनीहरूलाई कसैलाई गफ लगाउने फुर्सद छैन । तर, फुर्सद त्यस्ता केही नेपालीलाई छ जसले सञ्चारमाध्यम बुझेका छन् र तिनलाई नेपालमा आफू के हुँ भन्न चिनाउनु परेको छ । त्यस्ता कतिपय नेपाली त आजभोलि आफ्नो समाचार आफैँ तयार गर्छन् अनि अनलाइनहरूदेखि नेपालका दैनिक–साप्ताहिक सबैतिर चारो छरेजस्तो आफ्नो समाचार छर्छन् ।
अनलाइनहरूको कुरै छाडौँ, नेपालका आफूलाई प्रतिष्ठित भनाउने सञ्चारगृहहरूलाई पनि समाचारको विश्वसनीयता र समाचारसँग सम्बन्धित व्यक्ति वा संस्थाबारे कुनै ज्ञान हुनुपर्दैन । उनीहरूजस्तो समाचार आउँछ त्यस्तो समाचार कपिपेस्ट गरेर समाचार प्रवाहित गरिदिएको पाइन्छ । बोल्नेको पीठो बिक्छ भनेझैं जसले आफ्नो समाचार आफैं बनाउँछन् अनि पशुपतिमा परेवालाई चारो छरेझैं इमेलमार्फत भएभरका अनलाइन, दैनिक, साप्ताहिक, पाÔिक, रेडियो, एफएम सबैतिर आफ्ना समाचार प्रवाहित गरेका हुन्छन् । आधाभन्दा बढी सञ्चारमाध्यमले ती समाचारलाई प्रवासको त्यो पनि अमेरिका, युरोप, अस्ट्रेलियालगायतका समाचार भनेर स्थान दिएको देखिन्छ । समाचारमाथिको विश्वसनीयताप्रति खोजखबरप्रति कसैलाई वास्ता छैन । उल्टो त्यस्ता समाचार कसले पहिले अनलाइनमा अपलोड गर्ने भन्ने ध्यान नेपालका ठूला भनाउने सञ्चारगृह र आफूले आफैँलाई सर्वोत्कृष्ट सञ्चारमाध्यम भनाउनेहरूले हानाथाप गरेको देख्दा भने नेपाली पत्रकारिता कतातिर गइरहेको छ भन्ने प्रश्न उब्जनु स्वाभाविक भइसकेको छ ।
त्यसो त केही दैनिक पत्रपत्रिकासँग सम्बन्धित आफ्नै प्रतिनिधिहरूसमेत अमेरिकामा नभएका होइनन् तर तिनीहरू हुँदाहुँदै पनि कतिपय अवस्थामा अमेरिकाका समाचार भनेपछि ती सञ्चारगृहहरूसमेतले आफ्नो प्रतिनिधिलाई समेत थाहै नदिई समाचारहरू अपलोड गरेपछि यहाँ रहेका तिनका प्रतिनिधिहरूसमेत छक्क परेका धेरै घटना छन् । समाचार प्रवाहमा सबैभन्दा अराजकता आजभोलि स्वदेशका जिल्लाजिल्लाबाट प्रकाशित अनलाइनहरू वा संसारका विभिन्न ठाउँबाट सञ्चालित अनलाइन सञ्चारमाध्यमहरू हुन् तिनमा कुन अनलाइनले कसको समाचार कपिपेस्ट गरेको हो पाठकहरूलाई छुट्याउन मुस्किल पर्छ । यसरी समाचार प्रकाशित गर्नमा प्रतिस्पर्धा हुनु पक्कै पनि राम्रो हो तर समाचार प्रकाशित गर्ने प्रतिस्पर्धाभन्दा पनि कसले बनाएको समाचार कसले पहिले कपिपेस्ट गर्ने भन्ने होडबाजीले भने समाचारप्रतिको विश्वसनीयता अनि अनधिकृत रूपमा गरिने कपिराइट्सलाई कसैले वास्ता गरेको पाइन्न । हामी सञ्चारमाध्यमहरूले नै कपिराइट्सप्रति बेवास्ता गर्ने हो भने हामीलाई सिकाउन अरू कोही आउँदैनन् भन्ने सञ्चारगृह वा सञ्चारकर्मी आफैँले बुझ्नुपर्ने हो तर त्यो बुझाइ अझै धेरैमा देखिँदैन ।
प्रवासमा कतिपय व्यक्ति यस्ता भएका छन् आजभोलि आफ्नो समाचार अनलाइनमा वा नेपालका सञ्चारमाध्यममा आओस् भनेर घरघरमा संस्था जन्माउने होड नै चल्न थालेको छ । फलानाको नाम र तस्बिरसहित त नेपालको सञ्चारमाध्यममा वा अनलाइनमा पढ्न पाइयो भनेपछि कतिपय व्यक्तिलाई नाम र तस्बिर छाप्ने भूत चढेपछि घरघरै सामाजिक संस्था जन्मन थालेका हुन् । अहिले प्रवासमा नेपालीका संस्थाहरूमा वृद्धि हुनुमा एउटा प्रमुख कारण सञ्चारमाध्यममा आफ्नो नाम, तस्बिर प्रचार–प्रसार हुन्छ भनेर पनि हो ।
प्रवासमा खुलेका अनलाइनमा आजभोलि प्रवासमा रहेर अनलाइन पत्रकारिता गर्ने वा रेडियो, टेलिभिजन, छापा पत्रकारिता गर्नेहरूको समेत होडबाजी नै चल्न थालेको छ । त्यसरी पत्रकाकारिता गर्नेमा केही त नेपालबाट प्रवासमा आएर आफ्नो पेसालाई निरन्तरता दिनका लागि सञ्चालन गरेका छन् भने केही व्यक्तिहरू रहरैरहरले समेत पत्रकार बन्न पुगेका छन् । तर, कतिपय नेपालमा पत्रकारिता गरेर प्रवासमा आए पनि पत्रकारिताको धर्म र मर्मलाई बिर्सिएर प्रवासमै पत्रकारिताको सुरुवात गरेकाहरूकै पथमा हिँडेको देख्दा उनीहरूप्रति पनि ठिट जाग्छ ।
पत्रकारिताको आफ्नै धर्म र मर्म हुन्छ । प्रवासमा नेपालीका सङ्घ–सङ्गठनहरू धेरै भइसकेका छन् । त्यस्ता सङ्घ–सङ्गठनहरूका समाचार प्रवाह होस् भनेर उनीहरूले आफ्नो कार्यक्रम भएपिच्छे पत्रकारलाई खादा ओढाउने र सम्मानपत्र प्रदान गर्ने बाढी नै चल्छ । नेपाली समाजले दिने त्यस्ता सम्मान यति सस्तो भएका छन् नेपालबाट जो आए पनि सम्मानको कार्यक्रम भन्दै खादा र एक गुच्छा फूल दिइहाल्ने प्रचलन एकातिर छ भने अर्कातिर कुनै भोजभतेरका कार्यक्रम भए भने पनि त्यहाँ अनलाइन र स्थानीय पत्रकारलाई बोलाएर तपाईंलाई सम्मान गरिएको छ भन्दै ड्यासमा उभ्याइन्छ । सायद पत्रकारले यसरी उभिन जानु र सम्मान खानु भनेको त्यस्ता संस्थाहरूको नुन खानु नै हो । जुन नुनको सोझो पत्रकारले साँझ घर पुगेर गर्न करै लाग्छ ।
त्यसो त नेपालकै पत्रकारहरूलाई पनि समय–समयमा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले पत्रकारहरूलाई खादा ओडाएको देखिन्छ । त्यसरी खादा ओडेका तस्बिरहरू सामाजिक सञ्जालमा छरपस्ट रूपमा आएका हुन्छन् । त्यही भएर पनि होला प्रवासमा रहेका सङ्घ–सङ्गठनहरूले पनि पत्रकारहरूलाई सम्मान गरियो भने त आफ्ना समाचार आउँदोरहेछ भनेर यस्तो प्रचलनको बाढी नै आएको हुनसक्छ । पत्रकारहरूले पत्रकारितासम्बन्धी कुनै सङ्घसंस्थाले सम्मान गर्छ भने त्यसमा खासै स्वार्थ देखिँदैन । तर, अन्य जुनसुकै सङ्घ–संस्थाले जब सम्मान गर्छ त्यो लिनेदिने दुवै अनधिकृत हो भन्दा फरक पर्दैन ।
यसरी विशेÈत: प्रवासबाट सम्प्रेÈण हुने समाचारको विश्वसनीयतालाई दरिलो बनाउनका लागि नेपालका हुन् वा अन्यत्र जहाँसुकैबाट सञ्चालन भएका अनलाइन वा अन्य ठूला–साना सबै सञ्चारगृहहरूले सोच्नु जरुरी भएको छ । आजभोलि अमेरिका, युरोपका विभिन्न देश, अस्ट्रेलिया, अरेबियन मुलुक सबैतिर नेपालको पत्रकारितासँग सम्बन्धित सञ्चारकर्मीहरू पनि कुनै न कुनै तरहले अन्य पेसाका लागि भए पनि विदेश पुगेका छन् । त्यस्ता व्यक्तिहरूको पहिचान गरी आ–आफ्नो सञ्चारमाध्यमहरूले सकिन्छ समाचारका आधारमा आफ्ना जिल्लाका प्रतिनिधिलाई दिइने न्यूनतम पारिश्रमिक दिने सहमतिमा वा स्वयम्सेवकका रूपमा हामीलाई यति सहयोग गरिदिनुभन्दा समेत ती पत्रकारहरूले सञ्चार संस्थाहरूलाई सहयोग गर्न सक्छन् ।
यसरी त्यस्तो जिम्मेवारी ठूला सञ्चारगृहहरूले दिन सकेमा अनावश्यक हल्लाखोरका समाचारहरू रोकिन सक्ने थिए । नत्र आफूलाई ठूलो बनाउन र आफ्ना समाचारहरू आफैँ तयार गरेर आफ्नो डम्फू बजाउनेहरूका कारण प्रवासबाट आउने समाचारहरूले भविष्यमा नेपाली सञ्चारमाध्यमहरूलाई नै पङ्गु बनाउने कामबाहेक अरू केही हुन सक्दैन ।
(वासिङ्टनस्थित नेपालीपोस्ट अनलाइन म्यागजिनका एक सम्पादकको लेखनी)