नैतिक रुपमा पराजित गैरआवासीय नेपाली

नैतिक रुपमा पराजित गैरआवासीय नेपाली


– प्रकाश के.सी., लन्डन

कसैले भन्यो…जीवनमा सन्तोष हुनु नै मानिसको मुख्य ध्येय हुनुपर्दछ ।… हो जस्तो लाग्यो । मानिस जीवनमा जे पनि काम गर्दछ, सो कामको निचोडले ऊ सन्तुष्ट हुनका लागि गर्दछ । …सन्तोषम् परम् सुखम्… । तर, कसैले सच्यायो… जीवनमा सफल हुनु नै मानिसको मुख्य ध्येय हुनुपर्दछ ।… वास्तवमा मानिस जे गर्दछ, त्यो काम पूरा गरेको हेर्न खोज्दछ, कामले सफल हुन खोज्दछ, सफलताले पुलकित हुन चाहन्छ । उसको सफलताको चर्चा समाजमा चलेको जान्न चाहन्छ । अरूले नहाँसे चुट्किलाको महत्व नभएझैँ अरूले नहेरे सुन्दरताको अर्थ रहँदैन । ठीक त्यस्तै नै आममानिसहरू लगभग हरेक कामहरू अरूलाई देखाउनका लागि गर्दछन् । सुनैसुनको गहना लगाएर नेपाली महिलाहरू घरमा बस्न सक्दैनन्, उनीहरूलाई उक्त गहनाको प्रदर्शन जो गर्नुपर्ने हुन्छ । तिनलाई तिनको सम्पन्नताको वा सफलताको प्रदर्शन गर्नुपर्ने हुन्छ । साँच्चै नै हो, सन्तुष्ट हुनुभन्दा सफल हुनुमा वर्तमान परिप्रेक्ष्यमा आममानिस रहेका छन् ।

लगभग दुई दशकदेखि बेलायतमा विविध व्यवसाय गरेर बसेका बेलायती नेपाली समाजमा कहलिएका समाजसेवी ध्रुव केसी, हाम्रो अगाडिकै सिटमा थचक्क बसी एक शान्तिको श्वास फेर्दै भन्छन्…. ‘आउन अलि अबेर भयो, दिनभरजसो चुनावमा हिँड्दै ठीक भयो । धेरै नै व्यस्त भइयो ।….’ उनको व्यस्ततामा आलस्यपन थिएन न त दिक्दारी नै, न थियो कुनै प्रकारको अहम् प्रदर्शन नै । उनी प्राकृतिक बनेका थिए ।

भर्खरै सम्पन्न भएको बेलायती स्थानीय चुनावमा नेपालीहरूले राम्ररी नै भाग लिएका थिए, चुनावमा भोट हाल्नेदेखि लिएर चुनावमा उठ्ने काम पनि नेपालीबाट भएका थिए, जसमध्ये सत्तापक्ष अर्थात् कन्जर्भेटिभ पार्टीबाट लक्ष्य गुरुङ र प्रतिपक्ष अर्थात् लेबर पार्टीबाट दोस्रोपटक इन्द्र राना र विष्णु गुरुङ काउन्सिलर पदमा निर्वाचित भएका छन् । पहिलो पुस्ताबाट बेलायती मूलधारमा अनि त्यो पनि मूल राजनीतिमा भएको यस प्रवेशहरू नजरअन्दाज गर्ने खालको पक्कै होइन, ती उदाहरणीय हुन् । पाकिस्तानी मूलका व्यक्तिहरू क्रमशः लन्डनको मेयर तथा बेलायतको गृहमन्त्री भएको पक्षमा नेपाली मूलको प्रयास सानो होइन ।

स्थानीय चुनावमा उठ्ने र उठेकाहरूलाई सघाउनेहरूका आ–आफ्ना खालका एजेन्डा अनि स्वार्थ हुन्छन् । आफ्नो व्यक्तिगत तथा समाजको फाइदाका लागि व्यक्ति तथा पार्टीविशेष हुनु अमान्य पक्कै होइन । नेपाली समाजमा भने ज्यादा व्यक्तिहरू व्यक्तिगत फाइदाका लागि उम्मेदवारको पछि लाग्ने गरेका छन्, तर समाजसेवी ध्रुव केसीचाहिँ आफ्नो क्षेत्रमा एउटा मन्दिरको स्थापनाका लागि लागिपरेको बताउँछन् त्यसबेला त्यो माहोलमा, जहाँ राष्ट्रियता, अस्तित्व, वफादारीलगायत इमानदारीको चर्चा चल्दै गरेको हुन्छ ।

अन्य देशको नागरिकता लिएका आफ्ना नागरिकलाई दोहोरो नागरिकताको व्यवस्था गर्ने भारत तथा पाकिस्तानको सो कार्यमा उदारता होइन, लगानी थियो । परदेशको भूमिमा त्यहाँको सेवा तथा सुविधा ग्रहण गर्ने नागरिकलाई सोसँगै आफ्नै मातृभूमिमा व्यवस्थित हुने मौका दिने सरकारको दूरगामी नीतिको फल अहिले भारत तथा पाकिस्तानमा ती गैरआवासीय नागरिकहरूले गरेका लगानीहरूको अवस्था उदाहरणको रूपमा हेर्न सकिन्छ । तर, नेपालीको अवस्थामा त्यो रहेन ।

सांस्कृतिक, सामाजिक, नैतिक, भेष तथा भाषिक परिदृश्य आदिमा गहन रूपले भारतीय प्रभावको द्योतक बनेको विदेशमा बसोवास गरिरहेका नेपाली समाजबाट तदनुरूप नै एनआरआईकै शैलीमा एनआरएनए अर्थात् गैरआवासीय नेपाली सङ्घको स्थापना गरियो । तर, समस्या सो संस्थाको व्यवस्थापनमा मात्र नभई संस्थाको मूल मर्मलाई परिभाषित गर्ने क्रममा नै धेरै त्रुटिहरू देखापरे तथा त्यसलाई सुल्ट्याउनतर्फ नलागी नेतृत्वहरू नेपाली मूलधारका नेताहरूको साख्खे बन्न ज्यादा लालायित भए । भारतीय, पाकिस्तानीहरूले दोहोरो नागरिकता वहन गरेको धेरै भइसकेको छ, तिनलाई गैरआवासीय अवस्थाको परिभाषालाई अथ्र्याउन कुनै मुस्किल परेन । अन्य देशको नागरिकता लिएका आफ्ना नागरिकलाई दोहोरो नागरिकताको व्यवस्था गर्ने भारत तथा पाकिस्तानको सो कार्यमा उदारता होइन, लगानी थियो । परदेशको भूमिमा त्यहाँको सेवा तथा सुविधा ग्रहण गर्ने नागरिकलाई सोसँगै आफ्नै मातृभूमिमा व्यवस्थित हुने मौका दिने सरकारको दूरगामी नीतिको फल अहिले भारत तथा पाकिस्तानमा ती गैरआवासीय नागरिकहरूले गरेका लगानीहरूको अवस्था उदाहरणको रूपमा हेर्न सकिन्छ । तर, नेपालीको अवस्थामा त्यो रहेन ।

नम्बरहरूको अर्थात् २७ लाख गैरआवासीय नेपाली भनाउनमा विशेष समय र जोड थप्न खोज्ने अगुवाइहरूले मुख्यरूपमा गैरआवासीय शब्दको परिभाषा वा विश्लेषण गर्नमा हतार गरे अनि त्यही हतारले उक्त परिभाषालाई अप्ठ्यारो कडीको रूपमा स्थापित गर्दै गयो, जसलाई आधार बनाएर कानुनतः हुन व्यवस्थाकारहरूलाई मुस्किल परिरहेको छ । सीधा शब्दमा भनिनुपथ्र्यो कि अन्य मुलुकको नागरिकता लिने नेपालीहरू, गैरआवासीय नेपाली हुन् ।…वश, त्यो भएको छैन र त खाडी मुलुकलगायतका स्थानमा गएर काम गरी पैसा कमाएर नेपाल फर्कने योजनामा गएका नेपाली पासपोर्टबाहक नेपाली संस्थाको आधिकारिक वर्गीकृत परिभाषाअनुसार गैरआवासीय नेपालीहरू बनाइएका छन् र स्वाभाविक र जायज रूपमा नेपाल र नेपाली राजनीतिमा सक्रिय छन्, जसको सक्रियताको नक्कल बेलायत, अमेरिका, क्यानडालगायतका मुलुकमा त्यहाँको नागरिकता लिएर नागरिक बनेका नेपालीहरूले पनि नेपाली राजनीतिमा आफूलाई व्यस्त राख्दै छन् । त्यहाँ नै गल्ती भएको छ ।

विदेशी भूमिको कानुनअनुसार आफूलाई समर्पण गर्दै विदेशी बनेका गैरनेपालीहरू नेपाली राष्ट्रिय वेशभूषालगायत जातजातिअनुसारका पारम्परिक वेशाभूषामा सजिएर नेपाली संस्कृतिमा रमाएको ढोँग गर्दै आफूहरू ‘पक्का राष्ट्रवादी’ भएको व्यक्त्याउन पछि पर्दैनन् । ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्दै हिँड्नेहरूले रेमिट्यान्सको चर्चा गर्दै नेपालमा लालबाबु पण्डित गलत भएको भन्छन् ।

विदेशी भूमिको कानुनअनुसार आफूलाई समर्पण गर्दै विदेशी बनेका गैरनेपालीहरू नेपाली राष्ट्रिय वेशभूषालगायत जातजातिअनुसारका पारम्परिक वेशाभूषामा सजिएर नेपाली संस्कृतिमा रमाएको ढोँग गर्दै आफूहरू ‘पक्का राष्ट्रवादी’ भएको व्यक्त्याउन पछि पर्दैनन् । ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्दै हिँड्नेहरूले रेमिट्यान्सको चर्चा गर्दै नेपालमा लालबाबु पण्डित गलत भएको भन्छन् । कुरा के हो भने, नेपाली संस्कृति तथा चालचलन अनि वेशभूषाको प्रयोग गर्नु र सो अर्थले नेपाली देखिनु भनेको विदेशी भूमिमा आफ्नो नितान्त अस्तित्वको रक्षा गर्नु मात्र हो, आफ्नो छायाजस्तै आबद्ध अस्तित्वको संवद्र्धन गर्नु हो । जति नै वर्ष विदेशी भूमिमा बिताए तापनि सो व्यक्ति आममानसिकतामा रैथाने बन्दैन, उसको परिचयमा अवश्यम्भावी रूपमा व्यक्तिको मातृभूमि आउँछ, त्यसरी नै नेपाली सोही ‘स्वः’को विलय हुने डरमा सांस्कृतिक बनेका छन् । लामो समय बेलायत, अमेरिकालगायतका देशमा गुजारेर नेपाल फर्की तदनुरूप व्यवस्थित हुने सक्ने सम्भावनाहरू न्यून हुन्छन्, केही अपवादलाई छाडेर ।

कारण के पनि हो भने, विदेशको लामो बसोवासको क्रमले मानिस अर्को समाजको, शैलीको अनि रूपरेखाको अनुयायी बनेका हुन्छन्, त्यहीँको आदतमा घुलेका हुन्छन्, त्यो प्रकार र शैलीसँग भिन्नता राख्ने अर्को मुलुकमा दैनिकी गुजार्न वा जीवनयापनमा तादात्म्यता मिलाउन पछाडि पर्ने गर्दछन् त्यस्ता आप्रवासी नेपालीहरू । यसको अर्को कारणचाहिँ के पनि मान्न सकिन्छ भने एउटा ठूलो परिमाणका गैरआवासीय नेपाली आफ्नो दैनिकी गुजार्दै तर नेपालको राजनीतिमा, नेपाली परिवेशको क्रियाकलापमा व्यस्त रहने हुँदा तिनका मानसिकताहरू विदेशी भूमि र रहनसहनभित्रको सहभागिताको अभावले सो मुलुकमा दोस्रो बनिरहेका हुन्छन् भने स्वदेशमा हुने आफ्नो प्रत्यक्ष नियमितताको अभावले त्यहाँ पनि दोस्रो बनिसकेका हुन्छन् । अतः त्यो अर्थमा ती गैरआवासीय नेपाली भित्तेघडीको ‘पेन्डुलम’जस्तो बनेका हुन्छन् जो यता पनि ठोकिएर बज्छ र उता पनि ठोक्किँदै बज्दछ । लालबाबु पण्डितको जस्ता सोच राख्ने नीतिकारहरूको अगुवाइमा गैरआवासीय नेपालीलाई स्वदेशी माटोको ‘लोभ’ होइन, कर्तव्यको ‘बोध’ गराउन नेपाल सरकार समर्थ हुन नसक्नुको परिणामले आमरूपमा तिक्तता ल्याउने मात्रै हुन्छ ।

हामी वफादारीको सन्दर्भलाई नारा बनाउँदै बेलायतमा स्थानीयसरह बस्न पाउने अधिकार अर्थात् नागरिकतामा समस्त गुर्खा परिवारको अधिकार भएको दाबी गर्दछौँ, समानताको आवाज लगाउँछौँ, नेपालको भूमिमा जन्म लिएर स्वतः सिर्जना भएको वफादारीलाई एक छेउ लगाउँछौँ, नेपालमा भएको आफ्नो सम्पत्तिहरू बेच्दै यहाँ घरबार जोड्छौँ । बेलायतको दुई सय वर्षभित्रको इतिहासमा नेपाली गुर्खाहरूको अतुलनीय योगदान भएको भन्दै गर्दा अल्डरसट, फार्नबोरोह, प्लम्स्टेडमा सोही वृद्ध आमगुर्खाहरूमाथि गरिएका अपमानलाई बिर्सन्छौँ, ‘स्वाभिमान’ त शब्द मात्रै रहेछ भन्ने लाग्ने गरी ।

ध्रुव केसी, नेपालीका लागि उनको क्षेत्रमा मन्दिर दिलाउन सकिन्छ कि भन्ने ध्याउन्नमा आफू लागेको बताउँछन् । उता बेलायतवासी नेपालीको राजधानी भनी चर्चा पाएको ठाउँ अल्डरसटमा, त्यसको बीसौँ माइलवरपर अझै एउटा पनि मन्दिर छैन, त्यसैले एउटा मन्दिरको स्थापनाको लागि रसमोर बरोहवासी नेपालीले विगत दशकदेखि लागिपरिरहेका छन् । धेरैअगाडि तमू धिं युकेले पहिलोपटक नेपाली कम्युनिटी हलको माग राख्दा स्थानीय तहमा नै त्यसको विरोध गरिएको चर्चा सेलाइसकेको छ, त्यो संस्थाले मिचेटमा आफ्नो नाममा एक कम्युनिटी हलको स्थापना गरेको छ र त्यसको सिको धेरै संस्थाले गर्दै छन्, भवनहरू किन्दै छन् र बेलायती नेपाली समाजमा भएको तीन सयभन्दा ज्यादा संस्थाहरूको परिवेशमा अति सम्पन्न तथा शक्तिशाली संस्था कहलिएका छन्, अर्थात् विभिन्निएका छन्, विभिदिएका छन्, बदलिएका छन् । लन्डनको इलिङ, अल्पर्टन अनि साउथ हलमा भारतीयहरूले लगानी गरेर ठूलाठूला हिन्दू मन्दिरहरूको स्थापना गरेका छन्, संसारका हिन्दूहरूलाई धार्मिक आस्थाले एकत्रित गरेका छन्, ढोका खुला राखेका छन्, ती मन्दिरहरू समाजसेवी ध्रुव केसीको क्षेत्रवरपर नै पर्दछ । ‘होइन, तपाईँलाई चाहिँ नेपाली मन्दिर नै किन चाहियो नि ?’ –मैले सोध्न भ्याएको थिएँ, समाजसेवी ध्रुव केसीलाई । तर उनी बम्किए– ‘होइन, कस्तो मान्छे रहेछ ? तपाईँको आईडी के ? तपाईँ किन जसमा पनि उल्टो देख्ने ?…’ सँगैका केहीले उनको साथ दिए र म यता हाँसे, यसरी हाँसिनँ कि कुरा हँसाउने खालको थियो, यसैले हाँसेको थिएँ कि… ।

… बेलायती परिवेशमा हामीहरू २०० वर्षको ऐतिहासिकताको कुरा सगर्व गर्ने गर्दछौँ, त्यो समयको गर्भमा विलीन भएका नेपालीको जीवनको कुरालाई त्याग, बलिदान, बहादुरी, इमानदारी अनि वफादारीको लेपले सिँगार्दछौँ । एकतर्फी रूपमा भए तापनि हामी त्यो समयको सम्झनामा दुई सय वर्षको वार्षिकोत्सव उल्लासका साथ मनाएकाछौँ । साथसाथमा पत्रपत्रिकालगायत यत्रतत्रको चर्चाको सन्दर्भमा हाम्रो वीरता अनि बहादुरी अगाडि आउँछ, हामी मख्ख पर्छौं, हामी वफादारीको सन्दर्भलाई नारा बनाउँदै बेलायतमा स्थानीयसरह बस्न पाउने अधिकार अर्थात् नागरिकतामा समस्त गुर्खा परिवारको अधिकार भएको दाबी गर्दछौँ, समानताको आवाज लगाउँछौँ, नेपालको भूमिमा जन्म लिएर स्वतः सिर्जना भएको वफादारीलाई एक छेउ लगाउँछौँ, नेपालमा भएको आफ्नो सम्पत्तिहरू बेच्दै यहाँ घरबार जोड्छौँ । बेलायतको दुई सय वर्षभित्रको इतिहासमा नेपाली गुर्खाहरूको अतुलनीय योगदान भएको भन्दै गर्दा अल्डरसट, फार्नबोरोह, प्लम्स्टेडमा सोही वृद्ध आमगुर्खाहरूमाथि गरिएका अपमानलाई बिर्सन्छौँ, ‘स्वाभिमान’ त शब्द मात्रै रहेछ भन्ने लाग्ने गरी ।

दुई सय वर्षको नेपाली वीरता चर्चा गर्दै रहँदा ढाइ हजार वर्षको इतिहासको पनि चर्चा गर्छौं । बुद्धको महानताको चर्चा, तिनको जन्मस्थलको गर्व र गरिमा गर्दै हामी पुनः शान्तिदूतझैँ बन्दछौँ । यस्तै विरोधाभासको उद्गमस्थलको रूपमा रहेको बेलायतमा ध्रुव केसीजस्ता सयौँ यस्ता व्यक्तिहरू छन् जसले आफ्नोे लगभग तीन चौथाइ जीवन यहाँ गुजारिरहेका छन्, नेपाल र नेपाली परिवेशतर्फ विशेष उदार छन्, अभिव्यक्त छन् । स्थानीय समाजमा संलग्नता राख्ने चर्चा गर्दै सोही समाजबाट अलग व्यक्त हुन्छन् र मित्रहरू राजी हुन्छन्, योभन्दा हाँस्ने अर्को विकल्प तत्कालीन थिएन ।

बुद्धलाई पुज्ने अनि मान्ने प्रमुख दश देशभित्र नेपाल पर्दैन । आफ्नो मुलुकको राष्ट्रिय गीत भनेको आफ्नो देशको राम्रो कुराहरूको गुनगान गर्नु हो । तर, सोही देशको सोही राष्ट्रिय गीतमा बुद्ध समेटिएको छैन, किनकि, बुद्धलाई एउटा धर्म मात्र भनियो । बुद्ध जन्मेको देश नेपाल भनेर हामीलाई चिनाउन जरुरी भएको भन्दै एकथरी यहाँ क्रियारत छन् र साथसाथमा हामी वीर र बहादुर भएको ऐतिहासिक उदाहरणसहित चर्चा गर्दछौँ । नेपाल मानवरूपी हतियारको बिक्री गर्दै शान्तिको क्षेत्र बन्न खोज्ने देश हो ।

मित्र रामशरण सिंखडा हृदयभित्र सर्कक्कै नेपाल राखेर हिँड्ने बताउँछन् । हृदयभित्र देशलाई राखेर हिँडेर हामीले देशलाई गुन लगाएका छैनौँ । हामी लाचार मात्र हौँ । हामी ‘समय’ भएका हौँ । घडीको काँटाहरूसँग हाम्रा भावनाहरू समीकरण भएको हो । हामी आफूलाई आफैँसँग जोगाउने एउटा कमजोर कडीको जोहो मात्रै गर्दै हुन्छौँ, त्यसरी । नम्बरजस्ता मात्र भएका हाम्रो उपस्थिति खेलको गोटी मात्रै हो, खेल होइन, शैली होइन र त्यसैले लगन होइन । ‘राष्ट्रियता’ रक्सी पिउँदा गरिने विषय हो अहिले हाम्रो सन्दर्भमा, सुन्दा रमाइलो र भावपूर्ण लाग्ने, पिउन अझ ज्यादा मन लाग्ने र पिउनुमा स्वाद थपिने । जीवनको ऊर्जाशील समय मुलुकबाहिर खर्चिने गैरआवासीय नेपालीले नेपालको सम्झना गर्नु र सोको माया गर्नु जायज हो, तर दोहोरो नागरिकता प्रावधानको अभावमा अन्य देशको नागरिकता लिने नेपाली सिर्फ त्यही देशको मात्र हुन् । अमेरिकी भारतीय, बेलायती भारतीय वा पाकिस्तानी जसरी लेख्न नमिल्ने गरी गैरआवासीय नेपाली अमेरिकी, क्यानाडेली, बेलायती नागरिकहरू मात्र हुन्, त्यसर्थ छातीभित्र सर्लक्कै नेपाल राखेर हिँड्नुले पक्का नागरिक भनाउँदैन ।

म आखिरमा के भन्छु भने, व्यक्तिको व्यक्तित्व उसको शारीरिक अवस्था वा आर्थिक व्यवस्थाले होइन, मानसिकताले गर्दछ । व्यक्तिले लिने अडानले उसको उचाइ प्रदत्त गर्दछ । अर्ती दिने व्यक्ति ज्ञानी हुनु जरुरी एकातिर छ भने अर्कोतिर प्रस्ट हुनु पनि जरुरी छ । बुद्धलाई पुज्ने अनि मान्ने प्रमुख दश देशभित्र नेपाल पर्दैन । आफ्नो मुलुकको राष्ट्रिय गीत भनेको आफ्नो देशको राम्रो कुराहरूको गुनगान गर्नु हो । तर, सोही देशको सोही राष्ट्रिय गीतमा बुद्ध समेटिएको छैन, किनकि, बुद्धलाई एउटा धर्म मात्र भनियो । बुद्ध जन्मेको देश नेपाल भनेर हामीलाई चिनाउन जरुरी भएको भन्दै एकथरी यहाँ क्रियारत छन् र साथसाथमा हामी वीर र बहादुर भएको ऐतिहासिक उदाहरणसहित चर्चा गर्दछौँ । नेपाल मानवरूपी हतियारको बिक्री गर्दै शान्तिको क्षेत्र बन्न खोज्ने देश हो । गौतम बुद्धको जन्म नेपालमा भए–नभएको चर्चा गर्नु व्यर्थ छ, गौतम बुद्धको सन्देशहरूको पालना गर्नु जरुरी हुन्छ । शालीनताको प्रदर्शन गर्न नसक्ने व्यक्तिहरू बौद्ध धर्मावलम्बी होइनन्, ढोंगी हुन् । वफादारी र इमानदारीतर्फ इंगित भएका व्यक्तिहरूले अन्य मुलुकको नागरिकताका लागि शपथ खाई सो मुलुकको नागरिकता बोकेपछि अझै वफादार र इमानदार कहलाइनु हास्यास्पद हो । विदेशी नागरिकता बोक्दै नेपाली राजनीतिमा पोख्त बन्ने प्रयास गर्ने गैरआवासीय व्यक्तिहरू नैतिक रूपमा पराजित हुन् ।