सुरु भयो ‘एनआरएनए’मा रोचक भिडन्त

सुरु भयो ‘एनआरएनए’मा रोचक भिडन्त


Kumar Panta-Bhaban Bhatta

मातृभूमि नेपालको राजनीतिक समीकरणभन्दा ठीक विपरीत ध्रुवमा बन्दै छ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी कार्यकाल २०१७–०१९ को लागि अध्यक्ष पदका आकाङ्क्षीहरू कुमार पन्त भर्सेस भवन भट्टको उम्मेदवारी । अर्थात्, मातृभूमि नेपालको राजनीतिक समीकरण तोडेर प्रवासका काङ्ग्रेस समर्थकहरू र युरोप–अमेरिकास्थित नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन जनसम्पर्क समितिहरू एमालेनिकट कुमार पन्तको पक्षमा खुलेरै सार्वजनिक भएलगत्तै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नेतृत्वमा कुमार पन्त भर्सेस भवन भट्टको लडाई सार्वजनिक भएको हो । आगामी अक्टुबरमा हुने आठौँ विश्व सम्मेलनमा नेतृत्व चयनका लागि हुने चुनावमा पन्त भर्सेस भट्टबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदै छ । यो रोमाञ्चक लडाइँबारे जानकारी पाउन हामीले गैरआवासीय नेपाली सङ्घ, (एनआरएनए)को इतिहासतर्फ फर्कनुपर्ने हुन्छ ।

आजभन्दा १४ वर्षअघि २००३ मा स्थापना भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सोभियत युनियनको पतनसँगै उदाएका धनाढ्य उपेन्द्र महतो र जीवा लामिछानेको नियन्त्रणमा रहेको संस्था थियो जसको सारथि र साक्षी थिए– भीम उदास, जर्मनीमा रहेका रामप्रताप थापा र जापानमा रमाइरहेका देवमान हिराचन । सहमतिमै तीन कार्यकाल धनाढ्य उपेन्द्रले सङ्घको नेतृत्व गरे तर उत्तराधिकारी छान्ने बेला आउँदा उपेन्द्र महतो उभिए सङ्घ फुटाउन तयार भएका देवमान हिराचनको पक्षमा, कारण थियो– आफ्नो व्यापारिक साझेदार जीवा लामिछानेलाई अध्यक्ष बनाउनु । हिराचनपछि अध्यक्ष निर्वाचित जीवा लामिछाने लागे महतो रिझाउन अर्थात् अस्ट्रेलियाका शेष घलेलाई विधान र कानुन मिचेर अध्यक्षमा उतारे व्यापारिक साझेदारीको सर्तमा । जीवा लामिछाने रुसबाट जर्मनी बसाइँ सरेसँगै होटेल व्यवसायमा व्यापारिक साझेदारी सुरु भयो शेष घले, उपेन्द्र महतो र नौलो अनुहार कुमार पन्तको । तर, जीवा लामिछानेको सहयोगमा अध्यक्ष निर्वाचित भएलगत्तै अस्ट्रेलियाको शेष घलेले बुझे कालिमाटीको तरकारी बजार र गल्फबाट छुट्टीमा आएका मजदुर प्रयोग गरेर जितिने चुनावमा किन उपेन्द्र र जीवाको चाकडी गर्ने ?

अस्ट्रेलियाको शेष घलेले पहिलो कार्यकालदेखि नै सुरु गरे प्रवासमा जातीय समीकरणको राजनीति जसले बनायो उपेन्द्र र जीवालाई ‘हिस्स बुढी हरियो दाँत’ । संयोग नै भन्नुपर्छ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र खोभारी रायका रूपमा परिचित भवन भट्ट (जापान), टीबी कार्की (कतार), सोनाम लामा (अमेरिका), हेमराज, शर्मा (लन्डन) । यी चार अनुहारको पहिलो कार्यकालदेखि दोस्रो कार्यकालसम्म घलेको गुणगान गाउँदैमा बित्यो । घलले दिएको चोटिलो पीडाले तीनचित्त परेका उपेन्द्र र जीवाले अस्तित्व बचाउन घलेको दोस्रो कार्यकाललाई मौन समर्थन गरे । आगामी कार्यकाल २०१७–०१९ को लागि अध्यक्ष पदका आकाङ्क्षीहरू कुमार पन्त भर्सेस भवन भट्टको लडाइँ सुरु भएको छ । आफूलाई काङ्ग्रेस भन्न रुचाउने जीवा लामिछाने र आफ्नी बहिनी जुली महतोमार्फत एमाले नियन्त्रण गर्दै आएका उपेन्द्र महतो आफ्नो व्यापारिक साझेदार एमाले उम्मेदवार कुमार पन्त जिताउने अभियानमा सक्रिय रहेका छन् भने वर्तमान अध्यक्ष शेष घले आफ्नो पूर्ववत् धन्दा मानवतस्करीमा समेत साथ दिँदै आएका आफ्ना अनन्य त्रिलोक गुरुङ, सोनाम लामा र आफ्नी पत्नी जमुना घलेको नेतृत्वमा साझेदारीका लागि कुमार पन्त भर्सेस भवन भट्टसँग मोलमोलाइमा जुटेका छन् । स्मरण रहोस्, कुमार पन्त नेकपा एमालेको प्रवासी सङ्गठनका नेता हुन् भने भवन भट्ट पूर्व राष्ट्रिय पञ्चायत सदस्यका सुपुत्र एवम् कमल थापा अध्यक्ष रहेको राप्रपाको सङ्गठित सदस्य हुन् ।