समयमै सुत्नेको शुक्राणु प्रबल

समयमै सुत्नेको शुक्राणु प्रबल


Sperm

बाबु बन्ने चाहना र छिट्टै सुत्ने आदतबीच कुनै साइनो होला ? सामान्यतया यी दुई बानीबीच एक–अर्कामा कुनै सम्बन्ध होला भन्ने सोच्न सकिन्न । तर, बाबु बन्ने चाहनामा व्यवधान पुगेको छ भने समयमै बिछ्यौनामा पुग्नु अत्यन्त लाभकारी हुने एक ताजा अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताले दाबी गरेअनुसार रात छिप्पिनुभन्दा अघि नै बिछ्यौनामा पुग्ने व्यक्तिको शुक्राणु तुलनात्मक रूपमा राम्रो र स्वस्थ हुन्छ । राति ८ देखि १० बजेभित्रै सुत्ने पुरुषको शुक्राणुको गतिशीलता अत्यन्त उच्च रहने र यसरी उत्ताउलिएर तैरिरहेको शुक्राणुको अण्डाबाट गर्भ निषेचित हुने सम्भावना प्रबल बन्ने अनुसन्धानकर्ताको निचोड छ । जो व्यक्ति आधा रातपछि सुत्न गएको छ, उसमा शुक्राणुको सङ्ख्या कम हुने र त्यो पनि छिट्टै मर्ने गरेको पनि पाइएको शोधकर्ताको भनाइ छ । ६ घन्टाभन्दा कम निदाउने व्यक्तिको शुक्राणु त अत्यन्त कमसल हुने अनुसन्धानबाट पुष्टि भएको डेली मेलले लेखेको छ । ८ घन्टा निदाउने व्यक्ति र ६ घन्टा निदाउने व्यक्तिमा शुक्राणुको सङ्ख्या २५ प्रतिशतले तलमाथि हुन्छ । बेलायतमा गरिएको यस अनुसन्धानमा ९ सय ८१ पुरुषलाई सहभागी गराइएको थियो ।