शान्ति प्रक्षेपणको अर्जुनदृष्टिमा नेपालको गरिमा

शान्ति प्रक्षेपणको अर्जुनदृष्टिमा नेपालको गरिमा


Ramesh Bhattarai

– रमेश भट्टराई ‘सहृदयी’

शान्तिका विषयमा बोल्नुहुने अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ता श्री प्रेम रावत भन्नुहुन्छ, ‘शान्ति शब्द होइन, अनुभव गर्ने कुरा हो । हरेक मानिस एउटा–एउटा बल्ब हुन् । यो पृथ्वी या संसारलाई स्टेडियम मानौँ, अनि यसमा प्रकाश चाहनुहुन्छ भने मानिसरूपी बल्बलाई बाल्नुपर्छ । जब त्यहाँबाट प्रकाश प्राप्त हुन्छ, तब गएर सारा स्टेडियममा प्रकाश नै प्रकाश उत्पन्न हुनेछ ।’

युद्ध विभीषिकाले खङ्ग्रङ्ग बनाएको छ आज समाजलाई । कालो बादलले ढाकेको आकाशमा गिद्धले मुख बाइरहँदा परेवा उडाउनेहरूका हात गलिरहेका छन् । क्षेप्यास्त्रहरू परीक्षण भएर होला जीवनमरणको दोसाँधमा बाँचेका मृत संवेदनाको रोदन अश्रु बगेर गालामा बसेको खाटा स्पष्टै देखिएका छन् । नरसंहारका गुटबन्दीले बन्धुत्व र मानवताको चिरहरण भएसँगै रावणले सीताको आदर्श खोसिरहेकोभैmँ लाग्छ– अलिकति विश्वलाई आँखा लगाउँदा । मानव बस्तीमाथि बम, मिसाइल वा ग्रिनेटका ज्वाला खसालिँदा आमाको दूध चुसिरहेको बालकले संसारको अस्तित्वमा स्थान नै नपाएका संवेदनहीनताका पराकाष्ठा सामान्य बन्नु भयावह परिस्थितिको सङ्केत हो । तुँवालोभैmँ बनेर धुलो र धुँवाका मुस्ला आकाशमा मडारिएका बेला निरीहका परेलीबाट आँसु वर्षिरहेका छन् आज बलेँसीहरूमा ।

अहिले पृथ्वीमा लगभग सात अर्ब मानिस शान्तिको आशामा तड्पिरहेका छन् । मानव मात्रले गाँस टिपेर पेट भर्न, एकधरो लाउन अनि शिर लुकाउने आवश्यकतालाई पूरा गर्न मात्र नभएर अत्याधुनिकताको कारण, अभावको कारण, समाज र देशको कारण, स्वार्थ दानवीय प्रवृत्तिका कारण या त जीवनलाई चिन्न होस्– शान्ति पनि चाहन्छ । हरेक मानवका मनमा, सबै घरमा, समुदायमा, सबै देशमा अनि पूरा विश्वमा शान्तिको पुकार हुँदोरहेछ– प्राकृतिक रूपमा । प्राणी र वनस्पति वा वातावरण मानवसँगै अशान्त बन्दोरहेछ र मानवसँगै शान्त पनि बन्दोरहेछ ।

अकारण मृत्युवरण गरेका आला लासहरूका आत्मा तड्पिरहेका हुन्छन् । हतियारमा साँध लगाएका युद्धपिपासुले शान्तिको गीतमा कान थुन्ने गरेका छन् । त्रासदीको अन्तरपीडामा बाँच्नेले मुख खोल्न नसकेर निशानाको जलनसँग तड्पिनुपरेका भयावह दृश्य हेर्न मानिस अभ्यस्त भइरहेका छन् । मानवता बङ्गालको खाडीमा जाकिरहँदा विश्वले साम्यवादको असम्भव सपना देखेर युद्ध गर्छ । रक्तभेलमा पौडिरहेका बेला सिन्दुर पुछिएकी नारीको रोदनलाई काखको बालकले कलिलो क्रन्दनसँग स्वतन्त्रता खोज्दै पछ्याइरहेको छ । मान्छे अचेल वेदना देखेर छट्पटाउन छोड्यो, अरूका दर्द र शोकका जटिल संवेदनालाई चुट्किला बनाउन थालेको छ । बुद्ध–वाणीहरूको लेपन लगाएर महत्वाकाङ्क्षाका जोसिला भाषणले शान्तिप्रेमीलाई युद्धमा लघारिँदै छ, विध्वंसको अग्निज्वालाभित्र । विलासिता, सत्तामोह, स्वार्थ–चुक्लीको रापले समाजको संरचना विकृत बनिरहेको छ, आदर्शका अमर भनिएका वाणी मिथ्या सावित गर्नुलाई विजयी ठान्न थालिएका छन्, बसुधैव कुटुम्बकम् उपहासको सूचीमा परेको छ ।

मान्छे अचेल वेदना देखेर छट्पटाउन छोड्यो, अरूका दर्द र शोकका जटिल संवेदनालाई चुट्किला बनाउन थालेको छ । बुद्ध–वाणीहरूको लेपन लगाएर महत्वाकाङ्क्षाका जोसिला भाषणले शान्तिप्रेमीलाई युद्धमा लघारिँदै छ, विध्वंसको अग्निज्वालाभित्र । विलासिता, सत्तामोह, स्वार्थ–चुक्लीको रापले समाजको संरचना विकृत बनिरहेको छ, आदर्शका अमर भनिएका वाणी मिथ्या सावित गर्नुलाई विजयी ठान्न थालिएका छन्, बसुधैव कुटुम्बकम् उपहासको सूचीमा परेको छ ।

अलिकति शान्ति महायज्ञको विश्व इतिहासलाई नियाल्दा संयुक्त राष्ट्रसङ्घले सन् १९८१ मा युद्ध र द्वन्द्वको अन्त्य गर्ने लक्ष्य लिएर राखेको प्रस्तावलाई सन् १९८२ सेप्टेम्बर २१ देखि संसारभरि ‘विश्वशान्ति दिवस’का रूपमा मनाउन थालियो । बोको हराम, आईएस, तालिवान, अल कायदाजस्ता आतङ्कित समूहले पनि केवल अशान्तिको अग्निज्वालालाई ठूलो देखेको नहुन सक्ला– शान्तिप्रेमीको निःस्वार्थी मानवतावादी आँखाले हेर्दा । सबै मानिसले शान्तिपूर्ण बाँच्न पाउने अधिकारलाई नैसर्गिक अधिकारका रूपमा स्थापित गर्न शान्ति दिवस अब्बल बन्ला नै । नेपालमा पनि वि.सं. २०६५ देखि मनाउन थालिएको शान्ति दिवसलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयलगायत, नेपाल पत्रकार महासङ्घ, मानवतावादीहरू, नेपाल प्राध्यापक सङ्घलगायतको साझा सञ्जाल ‘पापड’ तथा अन्य विविध सङ्घसंस्था वा सर्वसाधारणले शान्ति¥याली तथा अन्य विविध कार्यशैलीले हात दिइरहेका छन् । यस वर्ष २०१६ को ३४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसमा ‘शान्तिका लागि सहकार्य– सबैका लागि सम्मान’को नारा गुञ्जियो । माओवादी सशस्त्र द्वन्द्व र तराई आन्दोलनबाट करिब १८ हजार मानिसले मृत्यु स्वीकार्न विवश बनेका अनि माओवादी द्वन्द्वमा पाँच हजार पाँच सय ६० वटा भौतिक संरचनाको नोक्सानीबाट करिब चार अर्ब ५० करोड रुपैयाँबराबरको क्षति भएका तथ्याङ्कहरूले सामाजिक सञ्जालमा शान्तिकै अपिल गरिरहेका छन् । सशस्त्र द्वन्द्वको घाउलाई खाटो बसाएर दिगो शान्तिको जग बलियो बनाउन होस् या त सामाजिक–आर्थिक रूपान्तरणका लागि किन नहोस्, यो दिवस मुलुकभित्र उत्तिकै सान्दर्भिक लाग्छ । २०६३ मङ्सिर ५ गते विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर गरेर नयाँ संविधान लेखन सुरुवात गरेको क्षण होस् अनि २०७२ असोज ३ गते संविधान जारी भएको अवस्था होस्– नेपाली जनताको निजी विषयभित्र नियालिइने शान्तिको मजबुतीका पल नै हुन् । सही माग राख्न अनि पूरा नहुँदा भन्न पाउने, मागको सही सुनुवाइमा जोड दिइने– आखिर सबै पक्ष दाजुभाइको ठोसाठोस हो, तर हात र साथ मिलेर नै शान्तिले तङ्ग्रिन पाउँछ ।

नेपाल आपैmँ शान्तिदूत बुद्धको भूमि हो, राजर्षि जनक र सीताको आदर्श भूमि हो । हिन्दू परम्परामा मन्त्रहरूले सदियौँदेखि ‘अन्तरिक्ष शान्ति, पृथ्वी शान्ति, वनस्पति शान्ति’ भन्दै सर्वत्र शान्तिको माग गरिरहेका छन् । वेद र वेदान्त दर्शन, भागवतको ‘निष्काम कर्म’ शान्तिमै अडिएका सारभूत ज्ञानसागर हुन् । सामवेदले सङ्गीतलाई आत्मिक आनन्दको अनुभूत गराउँछ । अतः आध्यात्मिक, आत्मिक, व्यावहारिक, भौतिक वा मानसिक शान्ति प्राप्तिका युगीन विषयलाई वेदको षड्दर्शनले आज पनि समय–सान्दर्भिक बनेर पुकारिरहेको छ । ब्रह्म शान्तिको बाटोमा छ, हिन्दू सनातन । बसुधैव कुटुम्बकम्को भावनामा मानव मात्रलाई दया गर्ने संस्कारबाट हामी विश्वशान्तिमा खुकुला लाग्दैनौँ । शान्ति र अहिंसाको जग ‘बुद्ध–वाणी’ २५०० वर्ष पहिले मानव कल्याणको अनुशासनमा सार्थक बनेको छँदै छ । संसारमा दुःख छ, दुःखको कारण छ, दुःख शान्त छ अनि दुःख निवारणको उपाय छ– बुद्धत्व ज्ञानका आर्य सत्य कति शान्तिवादमा अर्पित छन् । ‘निर्वाण’ अथवा दुःख हटाउने आठ साधनाको फलतः ‘पूर्ण शान्ति प्राप्त हुने अवस्था’ नै बुद्धको सार–सन्देश हो । कवि लालित्य लहरबाट प्राकृतिक हिसाबमा देवकोटाले– ‘पाइन्न शान्ति किन हो कुन ठाउँ मिल्छ, तर्किन्छ त्यो रूखमुनि जुन साथ मिल्छ’ भनी गुनगुनाएका छन् । जयपृथ्वीबहादुर सिंहको योगदान अनि शान्तिप्रेमी भाव र मानवता झनै अतुलनीय लाग्छ । हिमालको शीतलता, खोला वन–पाखाका मुस्कुराहटले हामीलाई शान्तिकामी बनाएकामा त गौरवान्वित छँदै छौँ । यसर्थ विश्वशान्तिको अर्जुनदृष्टिमा छ– नेपाली संस्कृति संसार ।

अब हतियारको युद्धलाई त्यागेर विचार र बौद्धिक युद्धमा समेट्नु आवश्यक छ । असमानताका, महत्वाकाङ्क्षाका धब्बाहरूलाई खारेज गरेर विभेदका खाडललाई अन्त्य गरिनुपर्छ । जर्ज बर्नार्ड शाले भनेका छन्, ‘विचारहरूको युद्धमा पुस्तकहरू नै अस्त्र हुन् ।’ हिरोसिमा र नागासाकीमा बम खसाउनेलाई आनन्द मिलेन । शीतयुद्धमा होमिन चाहेका कुरा हुन् या असंलग्न आन्दोलनका प्रयास हुन्– विश्व अब शान्तिको महायज्ञमा संलग्न हुन चाहन्छ ।
पञ्चशील सिद्धान्तका कुरामा हुन् या संयुक्त राष्ट्रसङ्घको अपिल, सार्क राष्ट्रको लोगोमा अङ्कित परेवासँग शिखर सम्मेलनको साङ्गठनिक संयोजनले गरेको प्रयास, आखिर शान्तिकै पदयात्रामा छ– सारा विश्व । जापान र इटालीको टकराबले प्रथम विश्वयुद्धमा मुछिएको परिणाममा बगेको रक्तहोलीले मानव संहार ग¥यो । हिटलरको महत्वाकाङ्क्षा भएको दोस्रो विश्वयुद्धले परिणाममा मानवकै विनाश भएको हो । शान्तिले शान्ति जन्माउँछ, युद्धले युद्धै मच्चाउँछ । युद्धले जित्न जान्दैन, तर शान्तिले हार्नुहुँदैन । युद्ध पशुको स्वभाव हो, तर शान्ति र मानवता मानिसको स्वभाव हो किनभने शान्तिको विजयमा कसैको हार हुँदैन, केवल जित मात्र हुन्छ । तसर्थ हतियार बनाउने र समाउनेहरूले कलम समाउन्, नवप्रविधिको समुन्नतिमा जागून् । ‘जसले तरबार उठाउँछ, उसको विनाश तरबारबाटै हुन्छ,’ जिससको भनाइ छ ।

विश्वको त्रासदी परिवेशले मानिस आक्रान्त छ । अशान्ति मानिसलाई हुन्छ र यसको सिर्जना मानिस स्वयम्ले गर्दो रहेछ । आज हत्या र हिंसाजन्य घटना नै प्रमुख समाचार बनिरहेको देख्दा मानिसमा शान्तिको अभाव स्वतः खड्केको कुरा हो । विश्वका सबै देशमा हिंसा, युद्ध, आतङ्क आदिका घटना नभएको स्थिति, विश्वमा कायम भएको शान्ति तथा अमनचैनलाई प्रयोगात्मक नेपाली शब्दकोशले विश्वशान्तिको परिभाषा दिएर प्रस्ट्याएको छ । नियालेर हेर्दा युद्धपछिको शान्तिको अपेक्षा गरेका इतिहास जति चम्किला छन् तीभन्दा शान्तिकै बाटोका प्रयास भने तुलनात्मक हिसाबमा गौण चर्चामा देखिन्छन् । शान्तिका दूतको कर्मशीलतालाई सही निक्र्योल गरेर सहायोगी हात बढाउनु पनि विश्वशान्ति अभियानको प्रमुख सार्थकता नहुने भन्ने लाग्दैन ।

इतिहासमा युद्धले होइन सहकार्य र प्रेमको हात पैmलाएर मानवीय शान्तिको स्थापनामा अर्पित व्यक्तित्वहरूलाई तमाम पृथ्वीवासीले स्मरण गर्नैपर्छ । युद्धविराम र अहिंसाका यात्री फिल्म निर्माता तथा ‘पिस वन डे’का संस्थापक जर्मी गिली भन्छन्, ‘सन् २०१२ को वर्ष अविस्मरणीय रूपमा रह्यो । करिब २८ करोड अर्थात् विश्वका चार प्रतिशत मानिसले शान्ति दिवसबारे थाहा पाए ।’ एउटा यस्तो दिन बच्चामाथि शोषण नहोस्, महिलामाथि अत्याचार नहोस् र बन्दुक नपड्कियोस्– शान्ति दिवसबारे गिलीको मन्तव्य छ । युद्धविराम र अहिंसाबारे अफगानिस्तानका तालेवानीलाई समेतलाई एकजुट गराएर मानवीय रक्षार्थ सहयोगी बनेको कुरा सामान्य थिएन । ‘विश्वसन्धि अभियान’मा संसारभरिका संस्थाको एकाकारबाट शान्तिको प्रयासमा लागेको कुरालाई लिएर संयुक्त राष्ट्रसङ्घको सुरक्षा विभागले अफगानिस्तानमा एउटा प्रेस विज्ञप्ति जारी गर्दै शान्ति दिवसको कारणले हिंसाका घटनामा ७० प्रतिशत कमी आएको कुरालाई उल्लेख गर्नु शान्ति विस्फोटनको दह्रिलो प्रयास हो ।

धर्तीले गर्भमा राखेका बच्चालाई पुग्ने अन्न नउब्जाएको अवश्य होइन, तर भोकमरीको पीडामा तड्पिएर प्राण त्याग्न विवस बनाएको मानिसले नै हो । पुँजी बजार व्यवस्थापनको सन्तुलनका नाममा हजारौँ टन अन्न समुद्रमा फ्याँकिन्छ । आज हातहतियार र युद्धमा जति खर्च गरिएको छ त्यति शान्ति र मानवताका लागि खर्चिन थाल्ने हो भने विश्वशान्तिले मोहोडा फेथ्र्यो होला । अर्बौँ डलर मानिस मार्नमा खर्चिएका छन्, अमूल्य समय खर्चेर अमूल्य मानवकै संहार हुन्छन्, तर शान्तिका लागि कति समय र श्रम खर्चिएका होलान् त ! अतः शान्तिका निम्ति कसैको अमूल्य शरीरले अकाल मृत्युसँग पौँठेजोरी खेल्नु आवश्यक छैन । तसर्थ महात्मा गान्धीले भनेका छन्, ‘शान्ति तरबारको जोडले आउँदैन, प्रेमको जोडले आउँछ, प्रेमभन्दा ठूलो वस्तु यो संसारमा अरू छैन ।’
[email protected]