शर्मिला बर्देवाको म्युजिक भीडीयो “मेरो ठुम्कामा” विमोचन

शर्मिला बर्देवाको म्युजिक भीडीयो “मेरो ठुम्कामा” विमोचन


img_3475csukget-together16लन्डन, यही अक्टुवर २ तारिख आइतवारका दिन लन्डनस्थित हांस्लोको काठमाण्डौ जोन नेपाली रेस्टुरेन्टमा गीतकार नृपेश उप्रेतीको “मेरो ठुम्कामा” बोलको गीतको म्युजिक भीडीयोको एक समारोहकाबीच बिमोचन गरिएको छ । पत्रकारद्वय नवीन पोखरेल, चिरन शर्मा र बालिका आंशिका परियारद्वारा संयुक्त रुपमा सो म्युजिक भीडीयोको विमोचन गरिएको थियो ।
img_3418csukget-together16यस म्युजिक भीडीयोमा विजय र साराले अभिनय गरेकाछन् भने निर्देशन पनि विजय घिमिरेको नै रहेको छ । उक्त बिमोचन समारोहमा गीतकार नृपेश उप्रेती, गायिका शर्मिला बर्देवा, सपन इन्टरटेनमेन्ट यूकेका सपन राई, पत्रकारहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन रेडियो राइनोका दिनेश परियारले गरेका थिए भने उक्त म्युजिक भीडीयोलाई बूढासुब्बा म्युजिक प्रा.लि.ले यूट्युबमार्फत सार्वजनिक गरेकोछ ।
img_3439csukget-together16एक जमानाकी चर्चित गायिका शर्मिला बर्देवाको स्वरमा गाइएको उक्त गीतलाई बसन्त सापकोटाले संगीत दिएका हुन् । लगभग ६ सयभन्दा बढी गीतहरुमा आफ्नो आवाज दिइसकेकी शर्मिलाले शास्त्रीय गायनमा डिप्लोमासमेत गरेकी छन् । उनले नेपाली, नेवारी, मैथिली र भोजपुरी लगायतका विभिन्न भाषामा समेत आफ्नो आवाज दिएकी छिन् । त्यस्तैगारी पछिल्लो समयमा विभिन्न उत्कृष्ट गीतहरुको सृजना गर्न सफल नृपेश उप्रेतीका यस अघिका गीतहरुमा अन्जु पन्त, शिव परियार, प्रमोद खरेल लगायतक गायकहरुले स्वर दिएका छन् ।
[youtube]http://www.youtube.com/watch?v=gCsVmrCVxzE[/youtube]
-नरेन्द्र बस्नेत, तस्वीरसहित