विमस बने उत्कृट नर्तक

विमस बने उत्कृट नर्तक


dan (1)

(धरान) । अन्तरविद्यालय एकल नृत्य प्रतियोगिता सिजन–२ को उपाधि धरान–१८ स्थित डिपो उमाविका विमस पौडेलको हात परेको छ । युनाइटेड मल्टिआर्टस् डान्स सेन्टर धरानद्वारा गत शुक्रबार आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट–१८ प्रतिस्पर्धीलाई पछि पार्दै विमसले उक्त उपाधि जितेका हुन् । उपाधिस“गै उनले ट्रफी, २० हजार रुपैया“ र सौर्य एयरलायन्सको विराटनगर–काठमाडौंको एकतर्फी हवाई टिकट प्राप्त गरेका छन् ।

यसैगरी, धरान–१३ लोटस विद्या विहारका सन्तोष तामाङले दोस्रो हुँदै ट्रफीसहित नगद १५ हजार प्राप्त गरे भने धरान–१० मेरिल्यान्ड बोर्डिङ स्कुलका लोजी लिम्बूले तेस्रो हुँदै ट्रफीसहित नगद १० हजार हात पारिन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा नृत्य निर्देशक मणिकुमार राई, प्रतियोगिताका मुख्य निर्णायक नगेन्द्र राई, हर्क चुम्मे, गत सालकी विजेता सलिना केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा प्रतियोगीले विभिन्न जातजातिका वेशभूषामा फेसन शोसमेत गरेका थिए भने फूलबारी आमा समूह धरान–१५ ले ‘मेरो स्कुल’ नामक नाटक प्रस्तुत गरेको थियो । सो नाटकमा विद्यार्थीलाई क्षमताभन्दा बढी होमवर्क (गृहकार्य) दिने कारणले विद्यार्थीमा आउने कठिनाइबारे प्रकाश पारिएको थियो ।
गत जेठदेखि सुनसरीका विभिन्न विद्यालयबाट छनोट गरी एक सय ३० जना प्रतियोगी समावेश गरेर प्रथम चरणमा ५० र दोस्रो चरणमा २० जना प्रतियोगी सहभागी गराइएको थियो । सहभागीलाई नृत्यका अतिरिक्त वक्तृत्वकला प्रतियोगिता, वादविवाद, चित्रकला, निबन्ध लेखन, माइनटेस्टलगायतका प्रशिक्षण गराइएको थियो ।
– मनिता चाम्लिङ