‘भाषा–माफिया’को ज्यादतीपूर्ण हमला

‘भाषा–माफिया’को ज्यादतीपूर्ण हमला


rameshwor-matridas

– रामेश्वर राउत ‘मातृदास’

हरेक सार्वभौमसत्तासम्पन्न राष्ट्रको मुटु, मेरुदण्ड र प्राण भनेकै भाषा हो । भाषालाई समाप्त पारेपछि कुनै पनि भूभागमा बसोबास गर्ने मानव समुदायलाई पूर्णतः बँधुवा–दास बनाउने वैधानिक मार्गप्रशस्त हुन्छ । तथाकथित गोष्ठी र सङ्गोष्ठीको मिति कायम गराएर नेपाल सरहदभित्र भएका कुनै पनि ऐन, कानुन, संविधान, नीति, नियम, विधान र सम्मानित सर्वोच्च न्यायालयको नजिरसमेतको प्रावधानले नदिए–नपाएको अधिकार आफूहरूले लियौँ–पायौँभन्ने कपोलकल्पित, मनगढन्ते, दिग्भ्रमित र नितान्त व्यक्तिगत किर्ते, जालसाजीपूर्ण निर्णय गराएर यसैका आधारमा आधरहीन, अवैज्ञानिक छद्मवेशी पाठ्यपुस्तक राज्यकोषको अर्बौं रुपैयाँखर्च गराएर, सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, कवि, लेखक, साहित्यकार, पत्रकार, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कानुन व्यवसायी, न्यायाधीश, कर्मचारी, विद्यालय, विश्वविद्यालय र प्राध्यापकहरूलाई समेत भाषा माफियाहरूले गुमराहमा राखेर आफ्ना गैरकानुनी धन्दा सञ्चालन गर्दै आइरहेका छन् । भाषा माफियाहरूले नेपाली भाषामाथि गरेको र गर्दै आइरहेको यो जघन्य र अक्षम्य हर्कत श्वेत अपराध मात्र नभएर मानवताविरोधी फौजदारी अपराध हो ।

पृथ्वीतलमा अवतरित भएका सम्पूर्ण भाषाहरूको मूलाधार, मुटु र मेरुदण्ड भनेकै वर्णमाला, व्याकरण र लिपि हुन् । हरेक भाषाको मूलाधारका रूपमा रहेका यी तीन तत्वहरूलाई कुनै पनि विद्वान्को पगरी गुथेको व्यक्ति वा समूहले चाहँदैमा घटाउने, हटाउने वा फेरबदल गर्ने सामथ्र्य राख्दैनन् र उनीहरूलाई त्यो अधिकार किमार्थ हुँदैन ।

वर्णमाला, व्याकरण र लिपिको संयोगबाट शब्दहरूको संरचना हुन्छन् । शब्दहरूले क्रमशः भावग्रहण गर्दछन् र यसैका आधारमा साहित्य, कला, संस्कृति, संस्कार, सभ्यता र दर्शनहरूको प्रारम्भ हुने क्रम शुभारम्भ हुन्छ । सरल र प्रविधिमैत्री बनाउने नाउँमा नेपाली भाषाको कुल र मूलमा प्रहार गर्ने र पदयोग गराएर नेपाली भाषाका बनिबनाउ, अर्थपूर्ण र विवादरहित शब्दहरूलाई विकृत बनाउने विषाक्त षड्यन्त्र रहेको देखिन्छ । ‘ह्रस्व’ ‘दीर्घ’ सर्वसाधारणलाई अलमल्याउने बहाना मात्र हो । यसभित्रको रहस्य विवादरहित नेपाली भाषालाई भाषिकामा परिणत गर्ने, ‘नञा र पुरानो’को द्वन्द्वात्मक परिस्थिति उत्पन्न गराएर नेपाली भाषालाई ‘प्रयोजनहीन’ घोषणा गराउने नै रहेको देखिन्छ ।

एकछिन्, एकदिन वा कुनै व्यक्तिविशेषको एक्लो प्रयासले वर्णमाला, व्याकरण र लिपि तयार भएका छैनन् र निर्माण हुन पनि सक्दैनन् । वर्णमालाहरूको परस्पर संयोग र परिचालन जुन अनुपातमा सम्मिलन हुँदै जान्छन् सोही अनुपातमा भाषा सुदृढ र समुन्नत बन्दै जान्छ । विश्वमा रहेका सम्पूर्ण भाषाहरूमा लागू हुँदै आइरहेका नियमहरूकै परिधिभित्र देवनागरिक लिपिमा नेपाली भाषा निरन्तर रूपमा पुष्पित र पल्लवित हुँदै आइरहेको छ । हरेक भाषा वर्णमाला, व्याकरण र लिपिका आ–आफ्नै विशेषता, अस्तित्व र महŒव रहेका हुन्छन् । यस्तै देवनागरिक लिपिको पनि छ । भाषाको मूलाधार, जग, मुटु, मेरुदण्ड र प्राण भनेकै वर्णहरू हुन् । नेपाली भाषामा प्रयुक्त हुँदै आएका १६ वटा स्वरवर्ण र ३६ वटा व्यञ्जनवर्णहरू समेत ५२ वटा वर्णमालाहरूको संयोगबाट नेपाली भाषाका शब्दहरू निर्माण र अभिव्यक्ति भइराखेका छन् । अर्थात्, नेपाली भाषाको शब्दस्रोतको प्रमुख धरातल भनेकै यिनै ५२ वटा वर्णमालाहरू हुन् । एउटा वर्णबाट हजारौँ–लाखौँशब्दहरू निर्माण भइरहेका हुन्छन् । वर्णमालाहरू हटाउनु, कटाउनु वा घटाउनु भनेकै भाषाको हत्या गर्ने विषाक्त योजना वा षड्यन्त्र हो ।

तथाकथित सुधार, सरल र प्रविधिमैत्रीको नाममा नेपाली भाषाको स्वरवर्णबाट क्रमशः ऊ, ई, ऋ, एवम् व्यञ्जन वर्णबाट ञ, ण, त, थ, द, य, व, श, ष, क्ष, त्र, ज्ञ आदि वर्णहरूलाई घटाएर २४ वटा वर्णहरूलाई मात्र कायम राखी नेपाली भाषाको समृद्धि र समुन्नत मार्गलाई समाप्त पार्ने भाषा माफियाहरूको बेइमानी प्रस्ट भएको छ । यसरी स्वर वर्ण र व्यञ्जन वर्णको नृत्यानन्दबाट नेपाली भाषालाई वञ्चित गराउने भाषामाफियाहरूको दुस्प्रयास कुनै पनि जीवित नेपालीका लागि स्वीकार्य हुन सक्तैन ।

संसारमा भएका सम्पूर्ण मान्छेको भावना अभिव्यक्तिको माध्यम कथ्य र लेख्य दुई मात्र हुन् । साङ्केतिक भाषालाई पनि यही श्रेणीभित्र राखेको पाइन्छ । संसारमा भएका कुनै पनि भाषा विज्ञान र वैज्ञानिकहरूले कथ्यलाई मानक मानेको पाइँदैन र कथ्य मानक हुने सम्भावना पनि रहँदैन । यो सर्वनाम, वस्तुगत र विज्ञानसम्मत वास्तविकताको विपरीत नेपाली भाषा माफियाहरूको नियत दिनको घामझैँछर्लङ्ग हुन्छ । शुभारम्भदेखि नै अभिछिन्न रूपमा कायम रहँदै आएका नेपाली भाषाका वर्णमालाहरूमाथि हमला गर्दै जाने भाषा माफियाहरूको विषाक्त दुस्प्रयास निरन्तर भइरहेको छ । मूलतः भाषामाथि भइरहेको यो बेइमानी सार्वभौमसत्तासम्पन्न सम्पूर्ण नेपाली र नेपाल राष्ट्रकै लागि भएको र बोलिएको धावा हो । भाषामाथि भएको यो जघन्य र अक्षम्य अपराध र अपराधीहरूलाई सधैँमौनता साँधेर क्षमा र छुट दियौँभने वर्तमानले मात्र होइन आउने भावी भविष्य र वाणीवागेश्वरीले हामी सम्पूर्ण नेपालीलाई बारम्बार धिकार्नेछिन् । भाषा माफियाहरूको विषाक्त कोपभाजनबाट नेपाली भाषालाई जोगाउने र बचाउने दायित्व वा जिम्मेवारी आमनेपालीको काँधमा आएको छ ।

भाषा माफियाहरूको अर्को भयानक र खतरनाक उद्देश्य र योजना नेपाली भाषा, साहित्य, कला, संस्कृति, पुरातत्व, न्याय तथा कानुनलगायतका तथ्य र प्रमाणिक इतिहासलाई एकैसाथ, एकमुष्ट रूपमा अशुद्ध र प्रयोजनहीन बनाएर समाप्त पारिदिने रहेको देखिन्छ । संसारकै सार्वभौमसत्तासम्पन्न राष्ट्रमाथि योभन्दा भयानक, कपटपूर्ण, छद्मवेशी र षड्यन्त्रात्मक आक्रमण अर्को हुँदैन । त्यही प्रकृतिको आक्रमण भाषा माफियाहरूले आज हामी सम्पूर्ण नेपाली र नेपाल राष्ट्रमाथि गरिराखेका छन् ।

हरेक सार्वभौमसत्तासम्पन्न राष्ट्रको मुटु, मेरुदण्ड र प्राण भनेकै भाषा हो । भाषालाई समाप्त पारेपछि कुनै पनि भूभागमा बसोबास गर्ने मानव समुदायलाई पूर्णतः बँधुवा–दास बनाउने वैधानिक मार्गप्रशस्त हुन्छ । तथाकथित गोष्ठी र सङ्गोष्ठीको मिति कायम गराएर नेपाल सरहदभित्र भएका कुनै पनि ऐन, कानुन, संविधान, नीति, नियम, विधान र सम्मानित सर्वोच्च न्यायालयको नजिरसमेतको प्रावधानले नदिए–नपाएको अधिकार आफूहरूले लियौँ–पायौँभन्ने कपोलकल्पित, मनगढन्ते, दिग्भ्रमित र नितान्त व्यक्तिगत किर्ते, जालसाजीपूर्ण निर्णय गराएर यसैका आधारमा आधरहीन, अवैज्ञानिक छद्मवेशी पाठ्यपुस्तक राज्यकोषको अर्बौं रुपैयाँखर्च गराएर, सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, कवि, लेखक, साहित्यकार, पत्रकार, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कानुन व्यवसायी, न्यायाधीश, कर्मचारी, विद्यालय, विश्वविद्यालय र प्राध्यापकहरूलाई समेत भाषा माफियाहरूले गुमराहमा राखेर आफ्ना गैरकानुनी धन्दा सञ्चालन गर्दै आइरहेका छन् । भाषा माफियाहरूले नेपाली भाषामाथि गरेको र गर्दै आइरहेको यो जघन्य र अक्षम्य हर्कत श्वेत अपराध मात्र नभएर मानवताविरोधी फौजदारी अपराध हो । यी राष्ट्र र समाजमारा मानवताविरोधी जघन्य अपराधी भाषा माफियाहरूलाई क्षमा र छुट दिनु भनेको अपराधलाई हुर्काउनु र अपराधीलाई प्रेरणा, प्रोत्साहन र प्रतिष्ठित गरिरहनुसरह हुन्छ । अपराधीलाई प्रोत्साहित गर्नु भनेको राष्ट्र, समाज र शुभकार्यको सर्वनाश गराउनु हो । भाषा माफियाहरू ज्युँदा लास हुन् । जीवन्त राष्ट्र र समाजका लागि यस्तो जघन्य अपराध कार्यमा छद्मवेशी रूपमा सङ्लग्न भएकाहरूले आफ्नो उपस्थिति र औचित्यलाई आफैँले समाप्त पारिरहेका छन् र नेपाली भाषामाथि अन्यायपूर्ण हमला गरिराखेका छन् ।

एउटै मूलले समुद्र नबनेजस्तै जीवन्त भाषाले पनि संसारमा भएका अन्य सबल र सुदृढ भाषाका शब्दहरूलाई आत्मसात् वा ग्रहण गर्छ । भाषाविज्ञानको यो गतिशील नियमलाई नेपाली भाषाले पनि अवलम्बन गर्दै आइरहेको छ । संस्कृत भाषा–सम्पूर्ण भारोपेली भाषाहरूको माउ अर्थात् जननी भाषा हो । तत्समका रूपमा संस्कृत भाषाका संयुक्त वर्ण र आगन्तुक शब्दद्वारा आत्मीय सम्बन्ध सेतु गाँस्न अन्य भाषाका शब्दहरूलाई नेपाली भाषाले निरन्तर यात्रारम्भ गर्दै आइरहेको छ । शब्दस्रोतका यी दुवै मूलमा भाँजो हाल्ने र दुवाली छेकेर नेपाली भाषाको विकासक्रमलाई अवरुद्ध पार्ने भाषा माफियाहरूको प्रपञ्च रहेको छर्लङ्ग छ । जसअन्तर्गत संस्कृत भाषाबाट नेपाली भाषामा आएका संयुक्त वर्ण कटौती गर्ने र आगन्तुक शब्दहरूलाई विकृत र अशुद्ध बनाएर बिच्क्याउने एवम् अपमानित गराउने यी परचक्रीहरूको रिसवत खाएर बसेको भाषा माफियाको भूमिका निर्वाह गर्दै आएका नेपाली अनुहारकै तर नेपाल र नेपालीहरूको सम्पूर्ण सार्वभौम अस्तित्व र महत्वलाई सधैँका लागि समाप्त पार्न तम्सेका यी लोभी, पापी र जघन्य अपराधीहरूको कोपभाजनबाट नेपाली भाषालाई बचाउने दायित्व र जिम्मेवारी वहन गर्ने निर्णायक घडी आज हामी सम्पूर्ण नेपालीको काँधमा आएको छ ।