बिहान भुलेर पनि नगर्नुस् यी काम

बिहान भुलेर पनि नगर्नुस् यी काम


Bad Five

दिनको आरम्भ अर्थात् सबेरै गरिएको खानपान या व्यवहारले हाम्रो दिनभरको स्वास्थ्यलाई प्रभावित तुल्याउँछ भन्ने कुरा वैज्ञानिकले सिद्ध गरिसकेका छन् । यदि सुरुवात ताजगीपूर्ण छ भने दिनभर स्फूर्ति कायम रहन्छ । कतिपय आदतले व्यक्तिलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ भने कतिपय बानीले बिमार पारिदिने खतरा पनि उत्तिकै हुन्छ । तसर्थ, स्वास्थ्यमा गम्भीर असर पर्नुबाट जोगिन चाहनुहुन्छ भने केही यस्ता काम या व्यवहार छन्, जसलाई भुलेर पनि गर्न नहुने विज्ञजनको सुझाव छ । ती पाँच कर्म यस्ता छन्–
१. धुम्रपान : त्यसो त कुनै पनि बेला किन नहोस् धुम्रपान गर्नु स्वास्थ्यको लागि हानिकारक नै हुन्छ । खासगरी सुतेर बिहान उठ्नेबित्तिकै चुरोट पिउनुचाहिँ अत्यन्त खतर्नाक हुन सक्छ । क्यान्सरको सम्भावना यसले निकै बढाउने अनुसन्धानले देखाएको छ ।
२. मदिरा सेवन : कतिपय मानिस यस्ता पनि हुन्छन् जो आफ्नो बिहानीको आरम्भ नै मदिरा सेवनबाट गर्न रुचाउँछन् । तर, बिहानै रक्सी पिउनु स्वास्थ्यको हिसाबले निकै नोक्सानदायी हुन्छ ।
३. झगडा गर्नु : दिनको सुरुवात सकारात्मक हुनुपर्छ, उठ्नेबित्तिकै कुनै मामलालाई लिएर कसैसँग बाझाबाझ गर्दा दिनभर मुड खराब रहन्छ र मानसिक स्वास्थ्यका साथै त्यसले कामको परिणाम या सफलतामा पनि नकारात्मक असर पुर्‍याउँछ ।
४. मसलादार खाना : बिहानै अत्यधिक मसलादार खानेकुरा खान बन्देज नै गर्नुपर्छ । बिहानको समय जति हलुका तथा पौष्टिक खाना खायो त्यत्ति नै स्वस्थ रहन सकिन्छ ।
५. कफी पिउनु : संसारमा ज्याजसो मानिस बिहानको सुरुवात कफी पिएर गर्न चाहन्छन् । तर, विशेषज्ञहरूको कुरा मान्ने हो भने बिहान कफी पिउँदा कार्टिसोल (एक हर्मोनको नाम, जो प्रोटिन तथा कार्बोहाइड्रेडको मेटाबलिज्ममा सक्रिय भूमिका निभाउँछ) को लेवल बढाइदिन्छ । तसर्थ, कुनै काम आरम्भ गरिसकेपछि मात्र कफी पिउनु उचित हुन्छ ।