पात्र केआई सिंह

पात्र केआई सिंह


sn-karki-5

■ स्वयम्भूनाथ कार्की

डा. केआई सिंहको नामले चिनिने कुँवर इन्द्रजित सिंह पश्चिमतर्पmका थिए । उनी कसरी नेपाली काङ्ग्रेसमा आए भन्ने कुराको बारेका किताबले ज्यादा केही बताउँदैन । बीपी आपैmँले काल्पनिक भनेको दिल्ली सम्झौतालाई उनले धोकाको संज्ञा दिए, हतियार बिसाउन मानेनन् । त्यस अवस्थामा उनलाई सम्झाउने प्रयत्न भएको छनक यो किताबले दिँदैन । बरु बीपी गृहमन्त्रीभएको बेला उनैको आदेशले डा. केआई सिंह पक्राउ परे, तर भैरहवामा उनी जेल तोडेर भाग्न सफल भए । नेपाली इतिहासमा छाप छोड्न सफल र ‘हिमालयका रविनहुड’ नामसमेत पाएका नेपाली काङ्ग्रेसका योद्धाको उल्लेख यो किताबमा अत्यन्त हलुका तवरले किन भयो होला भन्ने चौचौ लागे पनि यो किताब जसरी जन्म्यो त्यसलाई हेर्दा समय अपुग भएको वा सङ्कलकले उल्लेख्य नठानेर छुटाइएको हुन सक्छ । तर, जति पनि उल्लेख छ त्यसले डा. केआई सिंहको चामत्कारिक व्यक्तित्वको बखान गरेको छ । बीपी स्वयम् उनको मूल्याङ्कनमा भ्रमित भएको आभास हुन्छ, यो नै केआई सिंहको व्यक्तित्वको चमत्कार हो ।

जब सशस्त्र क्रान्तिको अवधिभर कसैलाई सर्वोच्च कमाण्डर बनाउने कुरा बैरननिया सम्मेलनमा आयो अनि त्यो कमाण्डरमा मातृका बाबुको नाम आयो । त्यो अप्रजातान्त्रिक भयो भनेर विरोध गर्नेमा बीपीले केआई सिंहहरू भनेर भनेका छन् । परिच्छेद २९ मा वर्णित यो घटनामा केआई सिंहको विरोध सर्वोच्च कमाण्डर हुनुको थियो कि जसरी कमाण्डरको नाम आयो, त्यसमा थियो त्यो स्पष्ट छैन । तर ‘(मातृका) जहिले पनि भन्नुहुन्थ्यो, म त सुप्रिम कमाण्डर । तर त्यो मेरो जोडबाट उहाँ हुनुभयो’ भनेबाट के लख काट्न सकिन्छ भने विरोध नाम प्रस्ताव भएको तरिकाको भएको थियो । तर, त्यसको उचित सम्बोधन भएन, बलात् नै प्रस्ताव पारित भयो । पाल्पाको कमाण्डर इन चिफको छोरा गोपालशमशेरले केआई सिंहको टुकडीलाई पठाएको हतियार आपैmँले रोकेर राखे । यस्तोमा केआई सिंहको केन्द्रीय नेतृत्वप्रतिको आक्रोश अस्वाभाविक मानिनु नपर्ने हो ।

परिच्छेद ३१ मा बीपी केआई सिंहको त्यो आक्रोश शान्त गर्न आपैmँ गएको कुरा उल्लेख गर्छन् । एकातर्फ हतियार रोकेर उनीमाथि अन्यायजस्तो भएको स्वीकार पनि गर्छन् भने साथसाथै केआई सिंहलाई दम्भी पनि भन्छन् । जनस्तरमा काम गर्ने मान्छे पनि मान्छन् अनि उनको आक्रोशको आलोचना पनि गर्छन् । ‘बालचन्द्रले लुट्ने र यस्तै कामहरू गरिरहेका थिए । तर केआई सिंहले त्यस्तो गरेका थिएनन्’ भने पनि परोक्ष रूपमा केआई सिंहले आफ्नो दम्भ पूरा गर्न नपाएर दिल्ली सम्झौताको विरोध गरेको आफ्नो निक्र्योल रहेको देखाउँछन् । परिच्छेद ३९मा केआई सिंह भाग्न सफल हुनुको दोष बडाहाकिम कुम्भ सिंह, पीबी मल्लको षड्यन्त्र भन्न पुगेका छन् । यसमा मोहनशमशेरर र हरिशमशेरलाई योजनाकार भनेका छन् । यो भने अलि अनौठो लाग्छ । राणाहरूलाई सुरक्षित अवतरणको बाटो दिने दिल्ली सम्झौताको विरोधमा जाने केआई सिंहलाई मद्दत गर्ने गरेर मोहनशमशेर साँच्चै मूर्ख थिए होला त ? भन्ने प्रश्न उब्जन्छ । त्यस्तै, मोहनशमशेर र हरिशमशेरले मिलेर काम गर्नु अचम्मकै कुरा हो ।

जे होस्, भारतीय सेनालाई प्रयोग गरेर केआई सिंहलाई पुनः पक्राउ गरियो । बीपीको आदेशले उनलाई सिंहदरबारमै कैद गरियो । बीपीले गणेशमानजीलाई भने– त्यसलाई राम्रो हेर्नुहोला, अलिकति दिन राखेर छोडिदिनुपर्छ । यसबाट के प्रस्ट हुन्छ भने केआई सिंहलाई थुन्नुको कुनै अर्थ बीपीको निमित्त थिएन । भैरहवामा आफ्नो आक्रोश साम्य पार्न आएका बीपीलाई सलामी दिएर मान दिएका केआई सिंहलाई यिनले त मेरो कुरा बुभ्mलान् भन्ने आशा लागेको हुनुपर्छ । त्यसैले केआई सिंहले जहिले पनि बीपीबाबुसँग भेट्न अनुरोध गरिरहे, तर बीपीले आपूmले भेटेनन् र गणेशमानजीलाई दैनिक भेट्न पठाए । बीपीले यसो किन गरे भन्ने कुरा यस किताबको सेरोफेरोमा पाइन्न । सिंहदरबारको माथिल्लो तलामा बीपीको कार्यालय थियो, त्यसैको छिँडीको कोठामा केआई सिंह थुनिएका थिए ।

सामान्यतया आफ्नो नेतृत्वको लडाइँमा आफ्नो साथ रहेको एक सेनापति आफ्नै थुनामा छ, ऊ आफूलाई भेटेर केही कुरा गर्न चाहिरहेको छ भने त्यो त्यस सेनापतिको हक हुनुपर्ने हो । त्यसो नहुनुको कुनै कारणको अनुमान गर्नु बीपी र केआई सिंह दुवैको अपमान हुन सक्ने भएकालाई यो प्रश्नको उत्तर खोज्ने जिम्मा इतिहासकारलाई छोड्न उपयुक्त हुन्छ । तर, जे होस्, त्यस्तो कडा पहरामा पनि आफ्नो चामत्कारिक व्यक्तित्वको बलले सरकार नै केही समय कब्जा गरेर आफ्ना सहयोगीको साथ चीन जान केआई सिंह सफल भए । यो घटना हुनुको कारण बीपी आपूmले गृहमन्त्रीबाट राजीनामा दिनुलाई पनि देख्छन् । भन्छन्, ‘जबसम्म म गृहमन्त्री थिएँ, यसलाई छुटुँला भन्ने भर थियो । तर, मेरो सरकार गइसकेपछि र मातृका बाबुको सरकार भएपछि उसको आशा हरायो ।’

सँगै पक्रिएका बालचन्द्र शर्मालाई बीपी भारतको दबाब नमानेर मुक्त गर्छन्, अनि केआई सिंहलाई आपूmले भेट्दैनन् र गणेशमानजीलाई दैनिक भेट्न खटाउँछन् । केही दिनपछि छोड्ने पनि कुरा गर्छन् । तर, त्यही केआई सिंह जब आपूm थुनिएको सिंहदरबारमै विद्रोह मच्चाएर केही समय सत्ता कब्जा गर्न सफल हुन्छन्, त्यसमा मोहनशमशेर र हरिशमशेरको हात देख्छन् । यसरी जीवनको अन्तकालमा यो किताब रेकर्ड गराउने समयसम्म पनि डाक्टर कुँवर इन्द्रजित सिंहको व्यक्तित्वको चमत्कारबाट बीपी मुक्त हुन सकेका छैनन् । केआई सिंहपछि प्रधानमन्त्री भएकाले यस काण्डमा दरबारको हात देखेका हुन् भने पछि यिनी नेपाली काङ्ग्रेस (सुवर्ण)मा पनि त गए । बीपीजस्तो कुशाग्र, क्षमतावान् व्यक्तिलाई पनि यसरी मूल्याङ्कनमा नै भ्रमित पार्न सक्ने केआई सिंहको व्यक्तित्वलाई चामत्कारिक भन्न सकिन्छ ।