नेपाल प्रहरीका दुई ‘नायक’को चर्चा

नेपाल प्रहरीका दुई ‘नायक’को चर्चा


ssp twice
महेन्द्र पाण्डेय (काठमाडौं) । यतिबेला देश छिमेकीको अघोषित नाकाबन्दीबाट थला परेको छ । देशभर नाकाबन्दीको विषयमा अनेक तर्क–वितर्क चलिरहेका बेला त्यसको असरस्वरुप राजधानी पनि मारमा परेको छ । ग्यास, पेट्रोल, डिजेल नपाएर घण्टौं लाइनमा बसेका सर्बसाधारणले यतिखेर त्यो पीडालाई एउटा कुनामा थन्काएर आफ्नो जिउज्यान सुरक्षाको बहस पनि गरिरहेका छन् ।

त्यसो त हिजो पनि यस्ता बहस नहुने गरेका होइनन तर यतिखेर सुरक्षाव्यवस्थाप्रति पूर्ण विश्वास राख्दै बहस र चर्चा चल्ने गरेको पाइन्छ । नेपाल प्रहरीका धेरै एसएसपी केरकार र परिसरमा आए, आफ्नो कार्यकाल पुरा गरेर गए । केरकारमा यस अघि रहेका पुस्कर कार्कीबाट शुरु भएको गुण्डा सफाया कार्यलाई वर्तमान सर्वेन्द्र खनालले समेत निरन्तरता दिए । गुण्डा चरी मारिँदा थपडी बजाउनेहरु घैंटे मारिँदा विरोधमा पनि निस्के । आखिर किन यतिखेर उपत्यकामा सुरक्षाका विषयमा यसरी चर्चा भयो त भन्दा दुई एसएसपी एउटै चरित्र र एउटै मिसनका भएका कारण यति धेरै चर्चा भएको हो ।

मिडियामा आउन त्यति दिलचस्पी नदिने तर जनताको सुख–दुःखसँग प्रत्यक्ष सरोकार राख्ने सर्वेन्द्र खनाल र विक्रमसिंह थापाको जोडीलाई प्रधान कार्यालयले एकै ठाउँ जुराइदिएपछि अपराध कर्म गर्ने र अवैध धन्धाधारीको निद हराम हुनथालेको छ भने सुरक्षा चाहने जनता खुशिले गद्गद भएका छन् । सर्वेन्द्र खनाल र विक्रम सिंह थापा कहिल्यै पनि नाम र दामलाई केन्द्र विन्दुमा राखेर काम गर्ने अधिकृतका रुपमा चिनिएनन् । नेपाल प्रहरीका यी दुई नायक नाम र दाम होइन काम गर्नुपर्छ भन्ने अधिकृत हुन । विरालो मार्दा पनि बाघ मारेको हल्ला पिटाउने अधिकृतका अगाडी यि दुई नायक मिडीयाको नजरमा छाँयामा परे पनि आमजनताको नजरमा बहादुर सिपाहीका रुपमा मुल्यांकित तभएका छन् ।

सर्वेन्द्र खनालको विषयमा विगत धेरै लामो कहानी भन्नु भन्दा दुईवटा स्थानका बारेमा उल्लेख गर्दा नै काफी हुन्छ । जनतालाई असुली र गुण्डागर्दीबाट आजित पारेका घैंटेका विषयमा आमजनता जानिफकार भएपनि खनालले नारायणी अंचलको इन्चार्ज हुँदा गरेको कार्य पनि उल्लेख गर्नलायककै छ । भारतीय अपराधिहरुको पनि क्रिडास्थलका रुपमा परिचित विरगंज एरिया एसएसपी खनालले छोटो अवधिमै सुन्दर बनाउन सफल भएका थिए । भित्री आत्माबाट पैसालाई भन्दाजनताको सेवालाई केन्द्रविन्दुमा राख्ने हो भने छिट्टै चमत्कारिक रुपले असुरक्षा र अवैध धन्धा एकै चोटी समाप्त हुने रहेछ भन्ने कुरा सर्बेन्द्रले नारायणीमा बस्दा प्रमाणित गरेर देखाए । रातदिनको मेहनत, संयन्त्रलाई चुस्त दुरुस्त किसिमले परिचालनका साथै निरिक्षण गर्नु र लोभ लालचलाई पैतलामा च्यापेका कारण खनाल त्यहाँका सच्चा उद्योगी, व्यापारी र सर्वसाधारणका नजरमा ‘हिरो’ भएकाथिए । अवैध गर्नेका आँखामा भने उनी विदाई हुने दिनसम्मै कसिंगर भएर रहिरहे । तस्करी नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने काम मात्र नगरेर एसएसपी खनालले राजनीनिक आडमा हुने तस्करीको जालोलाई चुडाउन समेत सफल भएका थिए । नक्कलीनोटको कारोबार, लागुऔषध तस्करी हुने कुख्यात ठाँउ भनेर चिनिने विरगंज जान प्रहरीका कतिपय अधिकृत नजराना चढाएर जान्छन् । तस्करीबाट ठूलो धनमाल जम्मा गरेर ¥याल काढेर जाने अधिकृतका अगाडी सर्वेन्द्र त्यहाँ रहदासम्म तस्करको दोहोलो त काढे नै ¥याल काढ्ने प्रहरीको ¥याल पनि मुखमै सुकाइदिए ।

सर्वेन्द्रको चरित्र र शैलीसँग ठयाक्कै मेल खाने विक्रमसिंह थापाले यतिबेला काठमाडौंको सुरक्षा सम्हालेका छन् । प्रहरी निरिक्षक हुँदादेखि नै गुण्डा र अवैध कामधारीका दुश्मन थापाको नाम सुन्ने पुराना सबै यतिखेर खुशी भएका छन् । ललितपुरको इन्चार्ज हुँदा देशभर संजाल फैलाएर एकछत्र ठगी गरेको यूनिटी जस्तो जालोलाई च्यातेर त्यसका ठगलाई जेलको चिसो हावा खुवाउने विक्रम जहाँ जान्छन् त्यहाँ ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भन्ने बडाकाजी अमरसिंह थापाको महावाणी राख्ने गरेका छन् । उनले ललितपुरलाई एक किसिमको शान्त जिल्ला बनाएका थिए ।

त्यहाँबाट नेपालगंजको इन्चार्ज बनेका थापाका अगाडी थुप्रै चुनौती थिए । दिनदहाडै अपहरण असुली, हत्या, आतंक थियो । विक्रमले त्यहाँ पनि चुनौतीलाई एक किसिमको अवसरका रुपमा लिएर अघि बढे । नेपालगंजमा उनी जाँदा भूमिगत समूहका नाइके भगतसिंहको आतंकले चरम रुप लिएको थियो । विद्यालय गएको बालक, अफिस गएको श्रीमान, उद्योगव्यवसायमा गएको व्यवसायी जिवित फर्कन्छ या फर्कदैन भन्ने त्रास थियो । विक्रम त्यहाँ पुगेपछि संचारकर्मी, नागरीक समाजका अगुवा र उद्योगीव्यवसायीका अगाडी आजदेखि कि त भगतसिंह रहन्न कि त विक्रमसिंह भन्ने हुंकार दिए । थापाको त्यो हुंकारलाई तत्कालिन समयमा केहिले खिल्ली पनि उडाए । जब विक्रमले अप्रेसन अगाडी बढाए त्यसपछि त्यहाँ अपहरण त परै जाओस् छिटफूट घटना पनि घटेन । अन्ततः भगतसिंह त्यहाँबाट भाग्नु प¥यो ।

त्यति मात्र नभएर उनले त्यहाँको सडक चौडा गराउने देखि विद्यालयमा पुगेर धुम्रपान, मद्यपान र लागु औषधका बारेमा चेतना जगाए । उनी नेपालगंज बस्दासम्म सार्वजनिक ठाँउमा धुम्रपान कसैले गरेन । छोटो अवधिमा त्यहाँको सुरक्षा स्थिती आफ्नो काबुमा लिएपछि भारतीय राष्ट्रिय दैनिक र स्थानीय संचार माध्यमले सम्पादकीय नै लेखेर स्याबासी दिए भने जनताले हिन्दी सिनेमाको हिरो सिङ्घमको उपाधि दिएका थिए । रुपन्देहीको इन्चार्ज हुँदा पनि विक्रमले राज्यलाई ठूलो फाइदाहुने काम गरे । वर्षौदेखि आयल निगमका कर्मचारीको मिलेमतोमा तेल तस्करले पेट्रोलियम पदार्थ जमिनमुनी गाडेर चोरी गर्दै आएका थिए । बर्षौदेखिको पेट्रोलियम पदार्थ चोरी कार्यलाई उनले रोक्ने काम मात्र गरेनन् त्यसका कसुरदारलाई कानूनको दायरामा ल्याएर कार्वाही गराइछाडे । बहुचर्चित तेल चोरी काण्ड र त्यसका राजनीतिक संरक्षक चोर अन्ततः कानूनका अगाडी घुँडा टेक्न बाध्य भए ।

ठूलो आर्थिक प्रलोभन दिंदा पनि उनी त्यहाँको ढुङ्गा गिटी निकासी गर्ने खेलमा फसेनन, जिल्लाको प्रमुख जिल्ला अधिकारी र आफ्नै संगठनको अंचलप्रमुख समेत निकासी गर्ने कुरामा सहमत हुँदा उनले नोट अफ डिसेन्ट लेखेर आफ्नो स्वच्छ छवि देखाएर रोक्न सफल भएका थिए । जनताले तिरेको करबाट आफूले रासन र आसन पाएको बताउने उल्लेखित दुई प्रहरी अधिकृतबाट उपत्यकावासीले धेरै आशा गरेकाले पक्कै आफ्नो पुरानो चरित्रलाई यी दुई नायकले लागु गर्नेछन् भन्ने कुरा निश्चितप्रायः ठानिएको छ ।